६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने



अ+ अ-

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । बैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् । जुन छात्रवृति रू ५ हजारसम्मको हुनेछ । 

यो योजना  नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हनेछ । यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृति प्राप्त गर्नेछ । एजेन्ट नेटवर्कबाट भुक्तानी गरिएपनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृति प्राप्त गर्नेछ । हाल मुलुकभरका २ हजार भन्दा धेरै विद्यालयहरूमा इसेवा मार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ९० हजार नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।