१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर
अ अ+ अ-

काठमाडौँ: चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला को एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा सेग्मेन्टकै ठूलो मानिएको ७०००mAh ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ, जसले दैनिक प्रयोगलाई सहज र स्थिर बनाउने बताइएको छ । साथै ४GB र्याम तथा १२GB सम्मको र्याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।

यसमा ६.८८–इन्चको १२०Hz डिस्प्ले दिइएको छ, जसले स्मूथ तथा आकर्षक भिजुअल अनुभव प्रदान गर्ने बताइएको छ । फोटोग्राफीका लागि ५०MP क्वाड पिक्सेल क्यामेरा समावेश गरिएको छ भने डल्बी एटमस सहितको स्टेरियो स्पिकर्सले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको भनाइ छ। त्यस्तै कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आईपी६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्यानटोन क्युरेटेड रंगसहितको प्रिमियम भेगन लेदर फिनिसले फोनलाई प्रिमियम लुक प्रदान गरेको छ । मोटो जी०६ पावर को मूल्य नेपाली बजारमा एनपीआर १८,९९९ तोकिएको छ।

त्यसैगरी कम्पनीले मोटो जी५७ पावर लाई नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनसहितको स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८GB र्याम र १२८GB स्टोरेज उपलब्ध छ भने र्याम बुस्ट मार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७०००mAh क्षमताको ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।

फोटोग्राफीका लागि मोटो एआई द्वारा सञ्चालित ५०MP सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै ६.७२–इन्च एफएचडी+ १२०Hz डिस्प्ले, डल्बी एटमस सहितको डुअल स्टेरियो स्पिकर्स, हाई–रेज अडियो तथा बास बुस्ट जस्ता फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । फोनमा एमआईएल–एसटीडी–८१०एच मिलिटरी–ग्रेड सर्टिफिकेशन तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा ३ वर्षसम्म सेक्युरिटी अपडेट्स उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । मोटो जी५७ पावर को मूल्य एनपीआर ३७,४९९ निर्धारण गरिएको छ ।

सिजी मोबाईल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट्स तथा पार्टनर स्टोर्स मार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।