काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ।
शुक्रबार राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो।
भेटका क्रममा सभामुख अर्यालले महासभामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने कार्यक्रम तथा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। महासभामा विश्वभरका संसद् तथा सांसदहरूको सहभागिता रहनेछ।








