१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै

पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल
अ अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी तथा नीतिगत सुधारलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष अग्रवालले जटिल कानुनी प्रक्रिया, नीतिगत अस्पष्टता र सरकारी निकायबीचको कमजोर समन्वयका कारण पूर्वाधार विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको बताउनुभयो ।

उहाँले पूर्वाधार क्षेत्रमा नेपालको ठूलो आर्थिक सम्भावना रहेकाले कानुन स्पष्ट, स्थिर र लगानीमैत्री हुनुपर्नेमा जोड दिनुभयो । लगानीकर्ताले लगानी गरेपछि नियम परिवर्तन हुने हो कि होइन, आयोजना स्वीकृत हुन कति समय लाग्छ र सम्झौताको सुरक्षा कसरी सुनिश्चित हुन्छ भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उहाँको भनाइ थियो ।

अग्रवालले सार्वजनिक खरिद ऐनमा सरकारले गरेको दोस्रो संशोधनले सबैभन्दा कम मूल्यलाई मात्रै आधार नबनाई गुणस्तर, प्राविधिक तथा वित्तीय क्षमता र विगतको कार्यसम्पादनलाई समेत महत्व दिने व्यवस्था गरेको भन्दै त्यसलाई सकारात्मक सुरुवातका रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले जग्गा प्राप्ति तथा वातावरणीय स्वीकृतिको प्रक्रियालाई समयबद्ध र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै नागरिकको अधिकार र वातावरण संरक्षण आवश्यक भए पनि अनावश्यक प्रक्रियागत ढिलाइका कारण पूर्वाधार आयोजना प्रभावित हुने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष अग्रवालले नेपालमा पूर्वाधार विकासका लागि ठूलो निजी पुँजी आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारीलाई प्रभावकारी बनाउन जोखिम बाँडफाँड, लगानी सुरक्षा, राजस्व व्यवस्था तथा विवाद समाधानसम्बन्धी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

उहाँले आधुनिक पूर्वाधारको अवधारणालाई सडक, पुल, विमानस्थल र भवन निर्माणमा मात्र सीमित गर्न नहुने धारणा राख्नुभयो । डिजिटल पूर्वाधार, तथ्यांक, साइबर सुरक्षा, ऊर्जा प्रसारण, स्मार्ट प्रविधि तथा नयाँ प्रविधिलाई समेत समेट्ने गरी आधुनिक कानुनी व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।

निजी क्षेत्रले सरकारसँग विशेष सुविधा नभई स्पष्ट कानुन, स्थिर नीति, पारदर्शी प्रक्रिया, निष्पक्ष नियमन, छिटो निर्णय र सम्झौताको सम्मान चाहेको अग्रवालले बताउनुभयो । होटललाई औद्योगिक व्यवसायअन्तर्गत राख्ने विषय लामो समयदेखि उठ्दै आए पनि कानुनी संशोधन हुन नसक्दा निजी क्षेत्र निरुत्साहित भइरहेको उहाँको भनाइ थियो।