१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप

झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण

झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको आतंक र सुकुम्वासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राना मगरले बाली भित्र्याउने समयमा हात्तीले किसानको खेतीमा क्षति पुर्‍याइरहेको भन्दै नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । हात्ती नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै उहाँले ‘हात्ती आयो, हात्ती आयो फुस्स’ जस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो ।

सांसद राना मगरले झापाको जग्गासम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उल्लेख गर्नुभयो । जग्गाको निस्सा पाइसकेका सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउनुको सट्टा पुनः नापीका नाममा दुःख दिने काम भइरहेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै नागरिकमा भ्रम फैलाउने काम भइरहेको जनगुनासो आएको उल्लेख गर्दै उहाँले सम्बन्धित मन्त्रालयले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन । निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनुपर्छ, प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन ।”

सांसद राना मगरले हात्तीबाट पीडित किसानलाई राहत उपलब्ध गराउनुका साथै निस्सा पाइसकेका सुकुम्वासीलाई तत्काल जग्गाको स्वामित्व प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।