१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै सरकारको गतिविधि ‘फासीवादी शासन’तर्फ उन्मुख भएको आरोप लगाउनुभयो। उहाँले सत्तापक्षले संसद्लाई प्रभावकारी रूपमा उपयोग गर्नुको सट्टा आफ्नो निर्णय कार्यान्वयन गर्ने माध्यमका रूपमा प्रयोग गरेको दाबी गर्नुभयो।

गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गरेको उल्लेख गर्दै थापाले त्यसलाई आत्मसमर्पणका रूपमा नबुझ्न आग्रह गर्नुभयो। उहाँले पराजयलाई आगामी राजनीतिक यात्रामा विजयको अवसरका रूपमा लिएको बताउनुभयो।

विधेयक निर्माण प्रक्रियामा सत्तापक्षले प्रतिपक्षका सुझावलाई बेवास्ता गरेको आरोप लगाउँदै उहाँले संसद्मा दर्ता भएका दर्जनौँ विधेयकमा पर्याप्त छलफल र सहमतिको वातावरण नबनाइएको बताउनुभयो। सङ्ख्या र शक्तिको आधारमा विधेयक पारित गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्र कमजोर बन्ने उहाँको भनाइ थियो।

थापाले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै राजनीतिक सहमति निर्माणका लागि सभामुखले अपेक्षित रूपमा ठोस अगुवाइ गर्न नसकेको बताउनुभयो। यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने प्रयास गर्नु र सत्तापक्षकै केही सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुलाई उहाँले सकारात्मक संकेतका रूपमा लिनुभयो।

भदौ १० गतेको महाविपत्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै थापाले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगरिएको विषयमा असन्तुष्टि जनाउनुभयो। उहाँले राष्ट्रिय सभालाई समेत प्रक्रियामा समेट्नुपर्ने बताउनुभयो।

पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सरकारको यात्रा गलत दिशातर्फ अघि बढिरहेको दाबी गर्दै थापाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन संवाद, सहमति र विधिको शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

तस्बिर:रत्न श्रेष्ठ/रासस