१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण

दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए

दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले आफूले संसद्मा पटक–पटक उठाएका दाङ–३ क्षेत्रका जनसरोकारका विषय अझै सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवेदीले सांसदको शपथ लिएको १९१ दिन बितिसक्दा पनि आफूले उठाएका विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विषयमा अपेक्षित काम हुन नसकेको बताए।

‘संसद्मा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए ? कहिलेकाहीँ मनमा यस्तो प्रश्न उठ्छ,’ उनले भने।

सुवेदीले दाङ–३ अन्तर्गतका विभिन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। उनले फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही–घोराही–तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ तथा शान्तिनगर, दङ्गीशरण र बबई क्षेत्रमा देखिएको कमजोर मोबाइल नेटवर्कको समस्या समाधान गर्न आग्रह गरे।

उनले नागरिकलाई आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै खानेपानी र विद्युत् हरेक घरमा पुर्‍याउन सरकार गम्भीर हुनुपर्ने बताए।

त्यस्तै, अस्पतालको सेवा गुणस्तरीय बनाउन, मलखाद तथा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र शिक्षाको गुणस्तर सुधार गर्न उनले माग गरे।

युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै सुवेदीले भने, ‘युवाहरू विदेशको टिकट होइन, देशमै अवसरको टिकट खोज्न चाहन्छन्।’

उनले दाङ–३ का जनताले भोगिरहेका समस्या आफूले संसद्मा उठाएको भन्दै सरकारले ती विषयलाई गम्भीरतापूर्वक लिएर परिणाम देखिने गरी काम गर्नुपर्ने बताए।