काठमाडाैँ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको नतिजा आज सार्वजनिक हुँदैछ।
अर्थ मन्त्रालयको सभाहलमा आज आयोजित कार्यक्रममा करदाता प्रोत्साहन पुरस्कारको नतिजा घोषणा गर्न लागिएको हो। पुरस्कार कार्यक्रम हाल कार्यान्वयनमा आइसकेको छ।
अर्थ मन्त्रालयले नतिजा घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई सहभागिताका लागि आग्रह गरेको छ। मन्त्रालयका अनुसार कार्यक्रममा असोज १ देखि १५ गतेसम्मको अवधिमा पुरस्कारका लागि छनोट भएका करदाताको नतिजा सार्वजनिक गरिनेछ।