१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री
अ अ+ अ-

नुवाकोट । सामुदायिक विकास केन्द्र नेपाल (सीडीसी नेपाल) र नेपाल सहायता फाउन्डेसनको संयुक्त सहकार्यमा नुवाकोटका बाढी प्रभावित १५० गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ।

रसुवा–नुवाकोट बाढीको प्रतिकार्यअन्तर्गत नगरपालिकासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। बाढीपछि प्रभावित महिलाको तत्कालीन पोषण आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले खाद्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

सीडीसी नेपाल र नेपाल सहायता फाउन्डेसनको टोलीले घेर्खु स्वास्थ्य चौकी, महारानी स्वास्थ्य चौकी, घण्टाघर स्वास्थ्य चौकी र त्रिशूली स्वास्थ्य चौकीमा पुगेर लाभग्राहीलाई आवश्यक खाद्य सामग्रीसहितको पोषण प्याकेज हस्तान्तरण गरेको थियो।

कार्यक्रममा सीडीसी नेपालकी अध्यक्ष राधा मातंगी , नेपाल सहायता फाउन्डेसनका कार्यकारी अध्यक्ष योगी कायस्थ तथा सचिव हृदेन्द्र ह्यौन्मिखाको उपस्थिति थियो। उहाँहरूले लाभग्राहीलाई पोषण सामग्री हस्तान्तरण गर्नुभएको थियो।

बाढीपछि गर्भवती तथा सुत्केरी महिलाको पोषण र स्वास्थ्यमा थप जोखिम हुन सक्ने भएकाले उनीहरूलाई लक्षित गरी सहयोग गरिएको दुवै संस्थाले जनाएको छ।

नगरपालिका तथा स्वास्थ्य चौकीसँगको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत विपद्प्रभावित महिलासम्म तत्काल राहत तथा पोषण सहयोग पुर्‍याइएको आयोजकको भनाइ छ।