१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारले निर्माण गरेका आधारभूत अस्पतालहरूमा दरबन्दी, उपकरण र औषधिको अभाव हुँदा सेवा सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न सरकारसमक्ष १० बुँदे प्रश्न र सात बुँदे ठोस प्रस्ताव प्रस्तुत गर्नुभयो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्र पाँचथरका ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको अवस्था दयनीय रहेको उल्लेख गर्दै संघीय सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरे पनि धेरै अस्पतालका भवनमा बिरामीले उपचार पाउन नसकेको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य क्षेत्रको जिम्मेवारी बाँडफाँटमा स्पष्टता नहुँदा स्वास्थ्य प्रणाली नै प्रभावित भएको उहाँको भनाइ थियो ।

‘हामीले अस्पताल बनायौँ कि केवल भवन ? आज ग्रामीण क्षेत्रका स्थानीय तहसँग अस्पताल चलाउने न आर्थिक स्रोत छ, न चिकित्सक वा स्वास्थ्यकर्मीको दरबन्दी नै,’ उहाँले भन्नुभयो ।

सांसद केरुङले महालेखा परीक्षकको प्रतिवेदनलाई उद्धृत गर्दै निर्माण सम्पन्न भएका धेरै आधारभूत अस्पताल जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा प्रयोगविहीन अवस्थामा रहेको बताउनुभयो ।

उहाँले अस्पतालका भवन निर्माणसँगै आवश्यक जनशक्ति, उपकरण, औषधि तथा आर्थिक स्रोतको सुनिश्चितता गरी ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो।