१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ बाट एकै परिवारका बाबु–छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र उनका छोरा सौगात थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । सौगात ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका थिए भने विन्दुकुमारले खुलातर्फबाट उम्मेदवारी दिएका थिए ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सौगातले आफूलाई प्राप्त परिणाम व्यक्तिगत उपलब्धि मात्र नभई युवामाथि गरिएको विश्वास भएको बताएका छन् । उक्त विश्वासले कांग्रेसलाई थप गतिशील, सुदृढ र पुस्तान्तरणमुखी बनाउन जिम्मेवारी थपिएको उनको भनाइ छ ।

विन्दुकुमारले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिहरूले दिएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् । उनले आगामी दिनमा पनि कांग्रेस र लोकतान्त्रिक मूल्य–मान्यताप्रति निरन्तर समर्पित रहँदै प्रतिनिधिहरूको विश्वासलाई सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई संगठन सुदृढीकरणमा जोड्ने धारणा व्यक्त गरेका छन् ।

विन्दुकुमार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । प्रदेशसभा सदस्य रहँदा उनले प्रदेश सरकारबाट प्राप्त पारिश्रमिक तथा अन्य सरकारी सेवा–सुविधाबापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको बताइएको छ ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १८ गतेदेखि सुरु हुँदैछ।