काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको हो ।
नेपालको संविधानअनुसार भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था छ । प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, उपलब्धि तथा आगामी कार्यदिशालगायतका विषय समेटिएका छन्।








