१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’

संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदको विद्यमान कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाउँदै सांसदहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै उहाँले पछिल्लो संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको टिप्पणी गर्नुभयो । यही अवस्था कायम रहे नागरिकमा संसदप्रति निराशा बढ्ने उहाँको भनाइ थियो ।

कार्यपालिकालाई जवाफदेही बनाउने जिम्मेवारी बोकेको व्यवस्थापिका आफैँले आफ्नो लय समात्न नसकेको यथार्थ स्वीकार गर्नुपर्ने आचार्यले बताउनुभयो । उहाँले संसदीय बैठक समयमा सुरु नहुनु, गणपूरक संख्या नपुग्नु तथा सांसदहरू बैठकमा अनुपस्थित हुने अवस्थाले संसदको गरिमामाथि प्रश्न उठाएको बताउनुभयो ।

उहाँले पछिल्लो ६ महिनामा जनसरोकारका दुई हजार सात सयभन्दा बढी विषय संसदमा उठाइए पनि ती विषयको परिणाम के आयो भन्ने प्रश्न गर्नुभयो ।

‘विगत ६ महिनामा २७ सयभन्दा बढी पटक जनसरोकारका मुद्दा उठाइए पनि ती आवाजहरूको नतिजा के हो ? संसद बोल्ने मञ्च मात्र हो वा समाधान खोज्ने ?’ उहाँले भन्नुभयो ।

आचार्यले सांसदहरू एकअर्काका प्रतिस्पर्धी नभएको उल्लेख गर्दै देशका साझा समस्या समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘हामी कोही पनि एकअर्काका प्रतिस्पर्धी होइनौँ । हाम्रो साझा प्रतिस्पर्धी गरिबी र कुशासन हो,’ उहाँले भन्नुभयो ।

उहाँले विधेयक निर्माणमा समेत सांसदहरूको भूमिकामाथि प्रश्न उठाउँदै संसदले कानुन निर्माणको आफ्नो मूल जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।