१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ ।

गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन् । अधिवेशन अवधिमा २७७ घण्टा ३० मिनेट संसदीय समय व्यतीत भएको संसद् सचिवालयले जनाएको छ ।

अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसद्ले यस अवधिमा १२ वटा विधेयक पारित गर्नुका साथै विपद् व्यवस्थापनलगायत जनसरोकारका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

विधायकी कामकारबाहीका दृष्टिले अधिवेशनमा आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारण तथा केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलगायत १२ वटा विधेयक पारित भएका छन् । तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । त्यस्तै, २० वटा विधेयक विभिन्न संसदीय समितिमा विचाराधीन रहेका छन् भने केही विधेयक प्रक्रियामा रहेका छन् ।

अधिवेशनले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटोसमेत खुलाएको थियो । विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन सभामा पेश भएका थिए भने सरकारका मन्त्रीहरूले सांसदहरूले उठाएका जनसरोकारका विषयमा प्रश्नोत्तरमार्फत जवाफ दिएका थिए ।

यस अधिवेशनको महत्वपूर्ण पक्षका रूपमा बाढी–पहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकारलाई दिइएको निर्देशनलाई लिइएको छ । भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधि सभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्तावसमेत पारित गरेको थियो ।

त्यस्तै, जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन १५ सदस्यीय विशेष संसदीय समिति गठन गरिएको थियो ।