१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ ।

गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन् । अधिवेशन अवधिमा २७७ घण्टा ३० मिनेट संसदीय समय व्यतीत भएको संसद् सचिवालयले जनाएको छ ।

अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसद्ले यस अवधिमा १२ वटा विधेयक पारित गर्नुका साथै विपद् व्यवस्थापनलगायत जनसरोकारका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

विधायकी कामकारबाहीका दृष्टिले अधिवेशनमा आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारण तथा केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलगायत १२ वटा विधेयक पारित भएका छन् । तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । त्यस्तै, २० वटा विधेयक विभिन्न संसदीय समितिमा विचाराधीन रहेका छन् भने केही विधेयक प्रक्रियामा रहेका छन् ।

अधिवेशनले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटोसमेत खुलाएको थियो । विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन सभामा पेश भएका थिए भने सरकारका मन्त्रीहरूले सांसदहरूले उठाएका जनसरोकारका विषयमा प्रश्नोत्तरमार्फत जवाफ दिएका थिए ।

यस अधिवेशनको महत्वपूर्ण पक्षका रूपमा बाढी–पहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकारलाई दिइएको निर्देशनलाई लिइएको छ । भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधि सभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्तावसमेत पारित गरेको थियो ।

त्यस्तै, जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन १५ सदस्यीय विशेष संसदीय समिति गठन गरिएको थियो ।