१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?

राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?
अ अ+ अ-

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको २१औँ अधिवेशन १४५ दिनको कार्यावधिपछि शुक्रबार सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गते सम्पन्न भएको हो ।

अधिवेशन अवधिमा राष्ट्रिय सभाका ५२ वटा बैठक बसेका थिए । ती बैठकमा कुल ९८ घण्टा १० मिनेट संसदीय कामकारबाहीमा खर्च भएको थियो । अधिवेशनका क्रममा विभिन्न महत्वपूर्ण विधेयक पारित गर्नुका साथै समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै निर्देशनात्मक भूमिका निर्वाह गरिएको थियो ।

सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण तथा सहकारीलगायतका महत्वपूर्ण अध्यादेशलाई विधेयकका रूपमा पारित गर्दै सभाले कानुनी जटिलता समाधान गर्ने काम गरेको थियो । यस्तै, नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा पनि राष्ट्रिय सभाले सक्रिय सहभागिता जनाएको थियो ।

अधिवेशनका क्रममा बजारमा देखिएको ग्यास अभाव तथा प्राकृतिक विपद्को जोखिम व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारलाई विशेष निर्देशन दिइएको थियो भने बाढी तथा विपद् व्यवस्थापनका लागि संसदीय विशेष समितिसमेत गठन गरिएको थियो ।

त्यसैगरी, विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो ।

अधिवेशनको समापनका क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले पर्याप्त विधेयक समयमै दर्ता गर्न नसक्दा कतिपय अवस्थामा आवश्यक ‘बिजनेस’को अभावमा बैठक प्रभावित हुनुपरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले संसद्को प्रभावकारिता कायम राख्न आवश्यक विधेयक समयमै संसद्मा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।