२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल

संसदमा गुटरेसको सम्बोधन: परम्परालाई किन अबलम्बन गरिएन, के भन्छन् जानकार ?

संसदमा गुटरेसको सम्बोधन: परम्परालाई किन अबलम्बन गरिएन, के भन्छन् जानकार ?
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज मंगलबार अपरान्ह संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ ।

नेपालको संसद र संसदीय अभ्यासमा यो दुर्लभ अवशर हो । संसद एकदमै विशिष्टिकृत र सार्वभौम संस्थाको रुपमा लिइन्छ । यसर्थ यसप्रकारको सम्बोधनको महत्व अलग्गै हुने गर्छ ।

महासचिव एण्टोनियो गुटेरेस अघि तत्कालिन महासचिव वान कि मुनले संविधान सभा सभाका सदस्यहरुलाई सम्बोधन गर्नु भएको थियो । नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले संसदको औपचारिक बैठकमा नै सम्बोधन गर्न लागेको यो नै पहिलो पटक हो ।

यसअघि राष्ट्रप्रमुखको हैसियतले विभिन्न व्यक्तित्वहरुले तत्कालिन संसदको बैठकलाई सम्बोधन गरेको भएपनि राष्ट्रप्रमुख भन्दा कम तहका व्यक्तिको सम्बोधन भने यसपटक मात्रै हुन लागेको हो ।

सन् २००८ मा तात्कालिन संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले संविधानसभाका सभासद्हरुसँगको भेट अर्थात् सम्बोधनका लागि लोत्से हलमा व्यवस्था मिलाईएको थियो । अहिले संघीय संसदको संयुक्त सभामा नै सम्बोधनको व्यवस्था मिलाईएको छ । यो विषयलाई संसद र कुटनीति क्षेत्रका विज्ञले असहज रुपमा लिईरहेका छन् ।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले तात्कालिन संविधानसभाका महासचिव मनोहर प्रसाद भट्टराईसँग संसदमा संयुक्त राष्ट्रसंघका महासचिवले गर्ने सम्बोधनको अन्तराष्टिय अभ्यास र नेपालको परिवेशका बारेमा संक्षिप्त प्रतिक्रिया लिएको छ ।

न्युज एजेन्सी नेपालसंगको संक्षिप्त कुराकानीमा संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव वान कि मुनलाई सम्बोधन गराउन समन्वय सहजीकरण गर्न प्रमुख भूमिकामा रहनु भएका संसद सचिवालयका तत्कालिन महासचिव भट्टराईले संघिय संसद्को अधिवेसन चलिरहेको अवस्थामा त्यहि बैठक कक्षमा नै संयुक्त राष्ट्र संघका महासचिव एण्टेनियो गुटेरेसलाई सम्बोधन गर्ने ब्यबस्था मिलाइनु अनौठो लागेको प्रतिक्रिया दिनुभयो ।

पुर्वमहासचिव भट्टराइले राष्ट्राध्यक्ष, राष्ट्र प्रमुख वा सरकार प्रमुख बाहेकलाई संसदमा सम्बोधन गर्न दिने बारे गहिरो विमर्श गरेको भए राम्रो हुने बताउनु भयो । स्वीट्जरल्याण्डको सभामुखले नेपाल भ्रमण गर्दा र बर्माको प्रजातन्त्रका लागि संघर्षरत नेतृ आङसााङ सुकीले पनि भ्रमण गर्दा संसद सदस्यलाई सम्बोधन गर्नुभयो. तर उहाँहरु सबैले संसद्को बैठक हाल भन्दा बाहिरकोे हलमा कार्यक्रम आयोजना गरेको कक्षमा सम्बोधन गर्नुभएको बताउनु भयो ।
प्रस्तुत छ संसद सचिवालयका पुर्व महासचिव मनोहर भट्टराई सँग गरेको विशेष कुराकानीको सम्पादित अंश ।

 वैदेशिक नियोगका प्रमुखको नेपाल भ्रमणलाई कसरी लिनुभएको छ ?

विदेशी नियोगका प्रमुखहरु भन्दा पनि बढी राष्टप्रमुहरुले संसदको बैठकलाई सम्बोधन गर्ने परम्परा यसभन्दा अगाडि पनि भएको कुरा हो । संयुक्त राष्ट्रसंघका तात्कालिन महासचिव बान कि मुनले पनि तात्कालिन संविधानसभाका सम्पुर्ण सदस्यहरुलाई सम्बोधन गर्नुभएको हो । महासचिवको भ्रमण कुटनीतिक दृष्टिकोणले निकै महत्वपूर्ण छ ।

भ्रमणलाई उत्साहप्रद र अविष्मरणीय बनाउका लागि नेपाल सरकार, संसद लगायत सबै सम्बद्ध पक्षहरुले जे जति तयारी गर्नुभएको छ त्यो देख्दाखेरी सयुक्त राष्ट्रसंघका महासचिव पूर्णत्: हर्षले गदगद हुनुहुन्छ होला भन्ने मलाइ लाग्छ । यो आफैँमा उल्लेखनिय कुरा हो । राष्ट्रसंघको महासचिव जहाँ पायो त्यहाँ जाने वा जहिले पनि उपलब्ध हुने पद होइन । पदाधिकारी होइन । त्यसकारण हामी सबैले खुशी व्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

 वैदेशिक नियोगका प्रमुखले संघीय संसदको संयुक्त सभालाई सम्बोधन गर्ने सम्बोधनलाई कसरी लिनुहुन्छ ? के संसदीय अभ्यास, प्रक्रिया अनुरुप छ त ?

संसदको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्दाखेरी भनेका कुराहरु संसदको स्थायी अभिलेखमा सुरक्षित रहन्छ । विशिष्ट व्यक्तिलाई सम्बोधन गर्न दिने भन्ने सन्र्दभमा चाहीँ पहिलेको नियमावलीमा राष्ट्रप्रमुख र राष्ट्राध्यक्षलाई मात्र दिने भन्ने थियो । अहिले नियमावली संशोधन गरेर विशिष्ट व्यक्तिहरुले समेत सम्बोधन गर्न सक्ने भन्ने व्यवस्था मिलाइएको छ ।

यस्तै कुराहरुलाई हेरेर गरिएको हो कि भन्ने मलाई लाग्छ । सामान्यतया संसदमा प्रचलित परम्पराहरु हेर्ने हो भने राष्ट्रप्रमुख र राष्ट्राध्यक्ष भन्दा तलको प्रोटोकलमा गएको मलाई थाहा छैन । यसभन्दा अगाडी पनि राष्ट्रसंघका महासचिव वान कि मुन नेपाल भ्रमणमा आउँदाखेरी संविधान सभाका तत्कालिन सदस्यहरुलाई सम्बोधन गर्ने कुरा भयो ।

त्यसबेलामा पनि यो विषय संसदकै अधिवेशन हुने हलमै सम्बोधन गर्ने हो या अन्यत्र कार्यक्रम मिलाउने हो भन्ने विषयमा प्रश्न उठेको थियो । त्यतिखेर मैले स्पष्ट ढंगले राजनीतिक नेतृत्वलाई यो कुरा राखेको थिएँ । उहाँ राष्ट्राध्यक्ष, राष्ट्र प्रमुख होइन ।

त्यसो भएर प्रोटोकल भन्दा बाहिर गएर हामीले हलमै कार्यक्रम गर्न नियमत: मिल्दैन र परम्परा हेर्दा पनि भएको देखिएन । त्यसैले हामीले ल्होत्से हलमा सबै सभासदहरुलाई उपस्थित भएको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिवबाट सम्बोधन गराउने कार्यक्रम मिलाएका थियौँ । त्यसमा खास कसैको विरोध भएको थिएन ।

अन्तर्राष्ट्रिय अभ्यासमा थोरै देशहरुले मात्र राष्ट्रसंघका महासचिवलाई सम्बोधन गराएको देखिन्छ । छदै छैन भन्न मिल्दैन । तर बहुतै नगन्य देशहरुमा मात्र उहाँको सम्बोधन रहेको पाइन्छ ।

 संयुक्त राष्ट्रसंघको नेपाल सदस्य राष्ट्र हो । यस दृष्टिले महासचिव पद कर्मचारीको जस्तो पनि देखियो । संयुक्त राष्ट्रसंघ दातृ निकाय पनि हो । त्यो निकायको उच्च व्यक्तिलाई संसदमा सम्बोधन गर्न दिनु भनेको निति निर्माणमा हस्तक्षेप बढाउनु हो । यसले भविश्यमा नीति निर्माणमा युएनको प्रभावको जोखिम बढाउने टिप्पणी विज्ञहरुबाट आएको पाईन्छ । तपाई के देख्नुहुन्छ ?

मेरो विचारमा संयुक्त राष्ट्रसंघका महासचिवले संसदका सांसदज्यूहरुलाई सम्बोधन गर्न, भेटघाट गर्न, छलफल गर्न र वादविवाद, सम्वाद गर्न, समस्याको समाधानका लागि प्रयास गर्न नहुने होइन । हुन्छ । त्यसैबाट यति धेरै तर्सिनुपर्ने जस्तो मलाई लाग्दैन । समस्या कहाँ छ भने ? हामी कमजोर छौँ । सबै कुरा सबमिट गर्दिन्छौँ । दह्रो सँग आफ्नो कुरो आफैँले स्ट्याण्ड राखेर कुराकानी गर्न, कसैसँग बोल्न नहुने, कुनै निकायसँग कुरै गर्न नहुने भन्ने कुरा आफैँमा सही हो जस्तो मलाई लाग्दैन ।

पहिला पनि यस्ता किसिमका कुराहरुमा धेरै टिका, टिप्पणी भएका छन् । विदेशी हस्तक्षेप पनि भनिए तर म त्यस्तो मान्दिनँ । १९५५ देखि नै नेपाल सदस्य भएको राष्ट्रसंघजस्तो निर्विवाद र ग्लोबल बडी को सदस्यले ऊ सँग कुनैपनि किसिमको कार्यक्रमहरु गर्नु हुन्न । उसले भनेको सुन्नै हुन्न भन्ने होइन । गर्न हुन्छ । तर आफ्नो कुरो छोड्नु हुँदैन ।

 संसदमै सम्बोधन किन गर्न दिइयो भन्ने प्रश्न त उब्जिन्छ नि ?

मलाई पनि त्यो थोरै असहज लागेर म आफैँ महासचिव हुँदाखेरी त्यस्तो (लोत्सेहलमा )व्यवस्था मिलाइएको थियो । संसदको मुल बैठक हुने थलो । त्यो बेला संविधान सभाको औपचारिक बैठक हुने स्थलमा सम्बोधनको कार्यक्रम गर्न युएनडिपी पक्षबाट आग्रह नभएको होइन । हाम्रै राजनीतिक नेतृत्वहरुले पनि राय नसोध्नु भएको होइन । तर मैले आफ्नो स्पष्ट कुरा राखेँ ।

यहाँ गर्नु हुँदैन र यो चाहीँ बाहिर गर्नुपर्छ भनेर हामीले मुल थलो भन्दा बाहिर गरेका छौँ । स्वीट्जरल्याण्डको सभामुखले पनि भ्रमण गर्नुभयो । बर्माको प्रजातन्त्रका लागि संघर्षरत नेतृ आङ साङ सुकीले पनि भ्रमण गर्नुभयो। उहाँहरु सबैले बाहिरको ल्होत्से हलमा कार्यक्रम आयोजना गरेर सम्बोधन गर्नुभएको हो । अहिले पनि त्यसरी संयुक्त बैठक नै भनेपनि ल्होत्से हलतिर गर्न पाएको भए राम्रो हुन्थ्यो होला भन्ने मलाई लाग्छ ।

महासचिवको सम्बोधनको प्रभाव आगामी दिनमा संसदमा देखिन्छ ?

म स्वीकार्दिन । उहाँहरुले आएर आफ्नो कुरा भन्नुहुन्छ होला । भन्ने बित्तिकै हामीले गर्नैपर्छ भन्ने छैन । त्यसमा तपाई कति प्रतिवद्ध हुनुहुन्छ । कति बलियो हुनुहुन्छ । कति आफ्नो स्ट्याण्डमा बस्नुभएको छ भन्ने कुरामा भर पर्छ । कसैले केही कुरा कहीँ आएर भन्दैमा त्यो कुरा गर्नुपर्छ भनेर लिनु पर्दैन ।

राष्ट्रसंघकै या त्यो भन्दा ठुलो राष्ट्राध्यक्षहरु आएर भनेपनि हामीले आफुले गर्न सकिने कुरा मात्रै गर्ने हो । तत्कालित परिस्थितिमा पनि केही यस्ता किसिमका सानातिना कुराहरु नभनिएका थिएनन् । तर हामीले आफ्ना कुराहरु मात्रै गर्‍यौँ । नचाहिने कुराहरु हामीले छोडिदियौँ । उहाँहरुको आग्रह भएपनि हामीले गरेनौँ । यसरी गर्न नसकिने कुरामा अडिन सकिन्छ ।

अडिनै नसक्नेले सुन्यो भनेमात्रै प्रभाव पर्ने हो । जो अडिन सक्छ, जो आफ्नो कुरा राम्रोसँग राख्न सक्छ, त्यसको फाइदा, बेफाइदा छुट्याउन सक्छ त्यसले सुन्नलाई डराउनु पर्दैन । संसदमा आएर उहाँले भन्न बित्तिकै प्रभाव पर्छ । या बाहिर खुल्लामञ्चमा गरेको भए प्रभाव पर्दैनथ्यो भनेर अर्थ लगाउनु आफैँमा गलत कुरा हो ।

स्वयम् राष्ट्रसंघका वर्तमान महासचिव अक्टोबर ७ मा हमासले इजरायलको सिमाभित्र गएर जुन किसिमको बर्बरता देखायो । त्यस विषयमा उहाँले दिएको वक्तव्यहरु आफैमा धेरै विवादास्पद भयो र उहाँले ब्याक ट्रयाक गर्नुभयो । उहाँले जे भन्नुभएको थियो त्यसले हमासको क्रियाकलापलाई सदर गरेको जस्तो सुनियो र उहाँको राजीनामासम्म पनि मागियो ।

उहाँ स्वयम्ले भनेको पनि त नाजायज कुरा त मान्छेले उठाउँदो रहेछ नि त । राजीनामा माग्ने सम्म पनि देशहरुले स्ट्याण्ड लिए । र आफ्नो भनाईहरु राखे । त्यसैले उहाँले भन्न बित्तिकै हामीले सबै चिज मान्नुपर्छ र त्यही नै हो भनेर पछि लाग्नुपर्ने कुरो होइन । उहाँ के भन्नुहुन्छ सुनौँ । अनि मात्रै यस विषयमा चर्चा गरौँला ।