२१ मंसिर २०८२, आईतवार
,
Latest
कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा अष्ट्रेलियाले भारतविरुद्ध टस जितेको छ । चेन्नईमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारत आफ्नो लय, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ भने विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया भारतलाई स्तब्ध पार्दै सानदार सुरुवात गर्ने सोचमा हुनेछ ।

भारतले तीन स्पिनर रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदीप यादवलाई मैदान उतारेको छ । उता अष्ट्रेलियाले तीन तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क र जोश हेडलवुड छन् । अष्ट्रेलियाले क्यामरन ग्रीनलाई निरन्तरता दिएको छ भने मार्कस स्टोइनिस बेन्चमा छन् ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच हालसम्म १२ खेल भएको छ । जसमा अष्ट्रेलियाले ८ खेल जितेको छ भने भारत ४ खेलमा विजयी भएको छ ।

भारतको प्लेइङ ११
रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन ।

अष्ट्रेलियाको प्लेइङ ११
प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा ।