१२ मंसिर २०८१, बुधबार
,
Latest
उद्योगहरूको बिजुली तत्काल नकाट्ने प्राधिकरण बोर्डको निर्णय उद्योगहरूको बिजुली नकाटिने बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित चितवन राइनोजले आफ्ना समर्थकलाई खेल देखाउन चितवनदेखि काठमाडौँसम्म फ्रिमा बस व्यवस्था गर्ने कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार आईपीएलमा सबैभन्दा महँगा ऋभष पन्तले पूरा रकम नपाउने, विदेशी खेलाडीले दोब्बर कर तिर्नुपर्ने बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ ५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ धरहराबाट उपत्यका नियाल्ने रहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा अष्ट्रेलियाले भारतविरुद्ध टस जितेको छ । चेन्नईमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारत आफ्नो लय, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ भने विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया भारतलाई स्तब्ध पार्दै सानदार सुरुवात गर्ने सोचमा हुनेछ ।

भारतले तीन स्पिनर रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदीप यादवलाई मैदान उतारेको छ । उता अष्ट्रेलियाले तीन तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क र जोश हेडलवुड छन् । अष्ट्रेलियाले क्यामरन ग्रीनलाई निरन्तरता दिएको छ भने मार्कस स्टोइनिस बेन्चमा छन् ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच हालसम्म १२ खेल भएको छ । जसमा अष्ट्रेलियाले ८ खेल जितेको छ भने भारत ४ खेलमा विजयी भएको छ ।

भारतको प्लेइङ ११
रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन ।

अष्ट्रेलियाको प्लेइङ ११
प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा ।