६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा

पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
अ+ अ-

गण्डकी। पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’मा सरेको छ । यसअघि नयाँबजारस्थित क्षेत्री समाजको भवनबाट पुस्तकालय सञ्चालित थियो ।

तीन वर्षअघि महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रुपमा क्षेत्री समाज भवनमा सारिएको थियो । पोखराको चिनारी दिने गरी महानगरले बनाएको ‘पोखरा घर’बाट पुस्तकालय सेवा सुरु गरिएको पुस्तकालय सञ्चालक समितिका उपाध्यक्ष शिरोमणि बरालले बताउनुभयो ।

पुस्तकालय सरेसँगै नयाँ भवनमा आन्तरिक सजावट र व्यवस्थापनका काम भइरहेको उहाँको भनाइ छ । पुस्तकालय सञ्चालनका लागि भवनको तलासँगै फर्निचरलगायतका सामग्री महानगरले उपलब्ध गराएको उपाध्यक्ष बरालले बताउनुभयो ।

विसं २०४९ मा स्थापना भएको यस पुस्तकालयमा विभिन्न विधाका १२ हजारभन्दा बढी पुस्तक सङ्ग्रहित छन् । पोखरा महानगरपालिकासँगको सहकार्य र समन्वयमा पुस्तकालय थप व्यवस्थित र दिगो ढङ्गले सञ्चालन हुने बताइएको छ । “पोखरामा पठन संस्कृतिको विकासमा यो पुस्तकालयको ठूलो योगदान छ”, उपाध्यक्ष बरालले भन्नुभयो, “पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै समयानुकूल रुपान्तरणमा जोड दिन्छौँ ।”

विद्युतीय पुस्तकालयलाई पनि थप व्ययवस्थित गरिने समितिले जनाएको छ । हालै निर्माण सम्पन्न भएको ‘पोखरा घर’को उद्घाटन हुन बाँकी छ । सोही घरमा आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र, कोशेली घर र पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय रहने बताइएको छ । दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’लाई छिट्टै पूर्ण रुपमा सञ्चालनमा ल्याउने महानगरको तयारी छ ।

भूमिगत पार्किङसहितको ‘पोखरा घर’ पर्यटकका लागि आकर्षण बन्ने विश्वास लिइएको छ । रु पाँच करोड एक लाख ४६ हजारको लागतमा बनेको यस अपाङ्गमैत्री भवनमा विद्युतीय भर्याङ (लिफ्ट) को समेत सुविधा रहेको छ । ‘पोखरा घर’लाई परम्परागत वास्तुकलासहित आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ । रासस