११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन



अ+ अ-

काठमाडौँ। पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोहीको चीरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पाकिस्तानको हिमपहिरोमा परेर ज्यान गुमाएका छ नेपालीसहित १० जना आरोहीको सम्झनामा मृतआत्माको चीरशान्तिको कामना गर्दै आज साँझ दीप प्रज्वलन गरिएको हो ।

उक्त हिमपहिरोमा परेर नेपालका चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो । ओमानका आरोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका आरोही सोहेल साखी, चीनका आरोही वाङ झोङ र अमेरिकाका आरोही मलोरी गाइसको निधन भएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, परिषद्का अध्यक्ष राजुमान डङ्गोल, पूर्वअध्यक्ष भविश्वर शर्मा, वरिष्ठ पर्यटन व्यवसायी रमेश धमला, नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियालगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति थियो । रासस