११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा ९५ प्रतिशत रोपाइँ



फाइल फोटो
अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ ।

प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार आजसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बारामा लक्ष्यभन्दा बढी रोपाइँ भएको छ ।

बारामा ४५ हजार १०० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिइएकामा यस वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको अधिकृत विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार सप्तरीमा ९१ दशमलव २५ प्रतिशत, धनुषामा ९० प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने लक्ष्य रहेकामा हालसम्म ३९ हजार ३३० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

सर्लाहीमा ९९, रौतहटमा ९८, पर्सामा ९१, महोत्तरीमा ८१ दशमलव ६८ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । मधेस प्रदेशमा कूल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक भएको अधिकृत विश्वकर्माले बताउनुभयो । रासस