६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

‘प्रहरी नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध छ’

‘प्रहरी नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध छ’
अ+ अ-

काठमाडौँ। प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले नेपाल प्रहरी सेवाग्राहीप्रति केन्द्रित रहेर नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज सञ्चारकर्मीसँग समसामयिक विषयमा छलफल गर्दै उहाँले प्रहरीले शान्ति सुरक्षामा गरेको महत्त्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापमा कमी आउनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ, भरपर्दो र व्यवस्थित बन्दै गएको विश्वास व्यक्त गर्नुभयो ।

अत्याधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखी समग्र प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न आगामी दिनमा विभिन्न किसिमका कल्याणकारी योजना लागू गरी अगाडि बढ्ने प्रहरी नायब महानिरीक्षक काफ्लेले प्रतिबद्धता जनाउनुभयो ।

छलफलमा प्रहरी नायब महानिरीक्षक काफ्लेले गत आर्थिक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिसम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभयो । उहाँले मानवसहित अन्य स्रोत व्यवस्थापनतर्फ प्रहरी जनशक्तिअन्तर्गत कुल दरबन्दी, कार्यरत सङ्ख्या र दर्जागत सङ्ख्याका बारेमा जानकारी दिनुभयो ।

प्रहरीको इकाईगत सङ्ख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भौतिक संरचनाहरूको सङ्ख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवं नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा उहाँले संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा उहाँले नयाँ नियुक्ति/पदस्थापन, सरुवा, बढुवा, कारबाही तथा पुरस्कारको साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गर्नुभयो ।

एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुका साथै अपराध तथ्याङ्क विश्लेषण, गम्भीर तथा जघन्य प्रकृतिका अपराध दर्ताको त्रिवर्षीय तुलनात्मक विवरण, प्रदेशगत कसुर दर्ता, लागुऔषध बरामद, मुद्दा दर्ता तथा पक्राउ विवरण, बरामद लागुऔषधको परिमाण, मानव बेचबिखन, साइबर ब्यूरोमा दर्ता भएका उजुरीका आधारमा अपराधको वर्गीकरण, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन र हराएका तथा फेलापरेका मानिसहरूको विवरणसम्बन्धी तथ्याङ्कसमेत उहाँले प्रस्तुत गर्नुभयो ।

प्रहरी नायब महानिरीक्षक काफ्लेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धानसम्बन्धी विवरण, अन्तरराष्ट्रिय समन्वय तथा सहायता, लागुऔषध नियन्त्रण ब्यूरोलगायत निकायले सम्पादन गरेका कामको विवरणबारे जानकारी दिनुभयो ।

शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटनासम्बन्धी तथ्याङ्क, ट्राफिक कारबाहीसम्बन्धी विवरण, शान्ति सुरक्षाको अवस्था, समुदाय प्रहरी साझेदारीमार्फत अपराध न्यूनीकरणका प्रयास, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, सूचना प्रविधिको प्रयोग, नेपाल प्रहरी मोबाइल एपमा प्राप्त गुनासोको सम्बोधनलगायत विषयमा जानकारी दिनुभयो ।

ट्राफिक जरिवाना सङ्गठनको प्राथमिकता नभएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक काफ्लेले भन्नुभयो, “ट्राफिक नियम सबैले पालना गर्ने हो भने हामीले ट्राफिक कारबाही वा जरिवाना गर्नुपर्छ भन्ने छैन । हाम्रो लक्ष्य भनेको दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने जनधनको क्षति कमी गरी सकेसम्म शून्यमा झार्ने हो ।”

दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रमलाई अझ वृद्धि गर्दै प्रहरी सक्रियतामा वृद्धि गर्दै जाने उहाँले प्रतिबद्धता जनाउनुभयो । जस्तोसुकै परिस्थितिमा पनि कानुन कार्यान्वयनमा नेपाल प्रहरी सदैव दृढ रहेको बताउँदै उहाँले साङ्गठनिक हित एवं सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता, नागरिकप्रतिको जवाफदेहिताका लागि प्रहरी र सञ्चारकर्मीबीच सहकार्य र समन्वयलाई थप प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।

छलफलमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा प्रहरी अधिकृतका  साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको भर्चुअल उपस्थिति थियो । रासस