६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

आफ्नो नेतृत्व आफैँले छाने बालबालिकाले

आफ्नो नेतृत्व आफैँले छाने बालबालिकाले
अ+ अ-

झापा। झापाको शिवसताक्षी नगरपालिका–८ का बालबालिकाले आफ्नै नेतृत्व आफैँ चयन गर्दै नौ सदस्यीय वडास्तरीय बालसञ्जाल गठन गरेका छन् ।

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ अन्तर्गत आयोजित भेलामा १२ देखि १८ वर्ष उमेर समूहका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा आज सञ्जाल गठन गरिएको हो ।

भेलामा सहभागी बालप्रतिनिधिहरूले समावेशिताको आधारमा लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना पदाधिकारी चयन गरेका हुन् । नवगठित सञ्जालको अध्यक्षमा भानु माध्यमिक विद्यालयकी एन्जल बाँस्कोटा, उपाध्यक्षमा झिलझिले माध्यमिक विद्यालयकी ज्योति बस्नेत, सचिवमा पशुपति अङ्गेजी माध्यमिक विद्यालयकी तनुजा खतिवडा, सहसचिवमा भगवती आधारभूत विद्यालयकी सरला दर्नाल र कोषाध्यक्षमा निम्बस इङ्लिस बोर्डिङ स्कुलकी अरुणा भट्टराई चयन भएका छन् ।

वडाध्यक्ष सन्तकुमार फ्युँदेनका अनुसार विद्यालयस्तरका सक्रिय बाल क्लब सदस्यहरूमध्येबाट प्रतिनिधित्व सुनिश्चित गर्दै सञ्जाल गठन गरिएको हो । यसले बालबालिकाको आवाज स्थानीय सरकारसम्म पुर्याउनुका साथै नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र बाल सहभागिता अभिवृद्धिमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित सञ्जालले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण र सकारात्मक सामाजिक परिवर्तनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस