२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकपः श्रीलंका र न्युजिल्याण्ड भिड्दै, दुबै टोलीलाई जित आवश्यक



अ+ अ-

एजेन्सी । टी-२० विश्वकपको सुपर ८ चरणको छैटौं खेल आज श्रीलंका र न्युजिल्याण्डबीच प्रतिष्प्रर्धा हुँदैछ। कोलम्बोको आर प्रेमादासा रंगशालामा हुन लागेको खेल नेपली समयअनुसार साँझ ७ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि श्रीलंकाले इंग्ल्याण्डसँग हार बेहोरेको थियो भने न्युजिल्याण्ड र पाकिस्तानले बर्षाको कारण खेल रद्द हुँदा अंक बाडेका थिए । अर्को चरणमा पुग्न श्रीलंका र न्युजिल्याण्डलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

आजको जितले श्रीलंकाको नकआउट चरणमा पुग्ने सम्भावना बढ्नेछ। अन्तिम खेलमा पाकिस्तान विरुद्धको जितले उनीहरूलाई सेमिफाइनलमा पुर्‍याउनेछ भने न्युजिल्याण्ड र पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछन् ।

श्रीलंका विरुद्ध न्युजिल्याण्डको अग्रता

श्रीलंका र न्युजिल्याण्डले २८ वटा टी(२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा न्युजिल्याण्डले १६ वटामा जित हासिल गरेको छ भने श्रीलंकाले केवल छ वटा खेल मात्र जितेको छ । दुई खेल बराबरी भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो । यी दुई बीचको अन्तिम टी-२० खेल २०२५ मा भएको थियो । उक्त खेलमा श्रीलंकाले २१८ रन बनाएको थियो भने न्युजिल्याण्डले २११ मात्र बनाउन सकेको थियो ।

पाथुम निसान्का श्रीलंकाका उत्कृष्ट खेलाडी

जारी प्रतियोगितामाख श्रीलंकाको लागि पथुम निस्सान्काले सबैभन्दा धेरै रन बनाएका छन् । उनले पाँच खेलमा १५४.०७ को स्ट्राइक रेटमा २०८ रन बनाएका छन् । जसमा उनको उत्कृष्ट स्कोर १०० रन रहेको छ ।  यसैबीच, बलिङमा महेश थेक्सना ले पाँच खेलमा ७.१२ को इकोनोमी रेटमा आठ विकेट लिएका छन् ।

लकी फर्गुसन न्युजिल्याण्डका सर्वाधिक विकेट लिने बलर
यस प्रतियोगितामा न्युजिल्याण्डका लागि टिम सेफर्टले सबैभन्दा धेरै रन बनाएका छन् । उनले चार खेलमा १६७.९६ को स्ट्राइक रेटमा १७३ रन बनाएका छन् । उनको उत्कृष्ट स्कोर ८९ रन रहेको छ । यस्तै, बलिङमा लोकी फर्गुसनले चार खेलमा केवल ९.६७ को इकोनोमी रेटमा चार विकेट लिएका छन् ।

पिच रिपोर्ट

कोलम्बोको आर. प्रेमादासा रंगशालाको सतह स्पिन बलिङको लागि धेरै राम्रो मानिन्छ। यस पिचमा पहिलो इनिङको कुल १६० रन विजयी योग हो ।

दुबै टोलीको सम्भावित प्लेइङ ११

श्रीलंकाः पथुम निसान्का, कामिल मिश्रा, कुसल मेन्डिस (विकेटकिपर), पवन रत्नायके, दासुन शनाका (कप्तान), कामिन्दु मेन्डिस, दुनिथ वेललागे, दुष्मन्थ हेमन्थ, महेश थेक्षाना, दुष्मन्था चमेरा, दिलशान मधुशंका।

न्युजिल्याण्डः फिन एलेन, टिम सेफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, मिचेल स्यान्टनर (कप्तान), जिमी नीशम, म्याट हेनरी, इश सोधी, लोकी फर्गुसन।