११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब एक हजार ३१५ किलो गाँजा बरामद



अ+ अ-

काठमाडौँ। प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट एक हजार ३१५ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकिराखेको प्र१-०२-००२ ख ००८३ नम्बरको ट्रकलाई जाँच गर्दा चालक बस्ने भाग र पछाडि ढालाको बीचमा लुकाइछिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस