७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

सरकारले ‘हेलो सरकार’ कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउनु पर्दछ: सुमना श्रेष्ठ

सरकारले ‘हेलो सरकार’ कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउनु पर्दछ: सुमना श्रेष्ठ
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग उहाँले सो कुरा बताउनु भएको हो ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भुकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पार्नु भयो । उहाँले विपद् पोर्टल पालिका स्तरमा पुर्‍याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दावी गर्नु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरु पर्याप्त भएन । यो बजेटको कार्यक्रममा त्यो देखिएको छैन । पश्चिम नेपालमा अनुमानित भूकम्प, ठूलो भुकम्प जान्छ भनेर धेरै विज्ञहरुले भनिसकेका छन । त्यसको लागि मैले यो बजेटको कार्यक्रममा देखिन । विपदका बेला मन्त्रालयहरुबीच तालमेल मिलाउन डिजाईनले मात्रै पुग्दैन । यसको लागि ५० लाख छुट्टयाइएको छ । त्यसपछि विपद पोर्टल पालिकामा लेवलमा लैजाने भनिएको छ । त्यो ठिकै छ । तर, पालिकामा टेक्नोलोजी मात्रै गयो, जनशक्ति जुटाएनभने हामी कतै पुग्दैनौं ।’

‘त्यसमा जनशक्ति नजुटाईकन डिजिटल टेक्नोलोजीमात्र पालिकामा लगेर हामीले केही गर्न सक्दैनौं । र, अर्को महत्वपूर्ण कुरा ट्राफिक पुलिसहरुमा सन् २०२२ मा एउटा अध्ययन भएको थियो । उहाँहरुको मानसिक स्वास्थ्यको स्थिति भयावह छ । उहाँहरुमा डिप्रेशनको लेवल एकदम हाई छ । त्यसकारण उहाँहरुको मानसिक स्वास्थ्यको लागि मैले यो बजेटमा केही मागहरु पनि राखेको छु । हेलो सरकार । २०६७ सालमा आएको यो कार्यक्रमले धेरैलाई सहयोग पुगेको थियो । एउटा ठाउँत छ नि राज्यलाइ गुहार्न सक्ने भन्ने एउटा ठाउँ थियो । त्यसका लागि जम्मा १० लाख विनियोजन गरिएको छ । त्यसले पुगेन । यसलाई पहिला जस्तै सशक्त बनाउनु पर्‍यो । ’

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।