• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

सरकारले ‘हेलो सरकार’ कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउनु पर्दछ: सुमना श्रेष्ठ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग उहाँले सो कुरा बताउनु भएको हो ।

सांसद श्रेष्ठले पश्चिम नेपालमा भुकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पार्नु भयो । उहाँले विपद् पोर्टल पालिका स्तरमा पुर्‍याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दावी गर्नु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘विपद् व्यवस्थापनका तत्कालीन, मध्यम अवधि र दीर्घकालीन रणनीतिहरु पर्याप्त भएन । यो बजेटको कार्यक्रममा त्यो देखिएको छैन । पश्चिम नेपालमा अनुमानित भूकम्प, ठूलो भुकम्प जान्छ भनेर धेरै विज्ञहरुले भनिसकेका छन । त्यसको लागि मैले यो बजेटको कार्यक्रममा देखिन । विपदका बेला मन्त्रालयहरुबीच तालमेल मिलाउन डिजाईनले मात्रै पुग्दैन । यसको लागि ५० लाख छुट्टयाइएको छ । त्यसपछि विपद पोर्टल पालिकामा लेवलमा लैजाने भनिएको छ । त्यो ठिकै छ । तर, पालिकामा टेक्नोलोजी मात्रै गयो, जनशक्ति जुटाएनभने हामी कतै पुग्दैनौं ।’

‘त्यसमा जनशक्ति नजुटाईकन डिजिटल टेक्नोलोजीमात्र पालिकामा लगेर हामीले केही गर्न सक्दैनौं । र, अर्को महत्वपूर्ण कुरा ट्राफिक पुलिसहरुमा सन् २०२२ मा एउटा अध्ययन भएको थियो । उहाँहरुको मानसिक स्वास्थ्यको स्थिति भयावह छ । उहाँहरुमा डिप्रेशनको लेवल एकदम हाई छ । त्यसकारण उहाँहरुको मानसिक स्वास्थ्यको लागि मैले यो बजेटमा केही मागहरु पनि राखेको छु । हेलो सरकार । २०६७ सालमा आएको यो कार्यक्रमले धेरैलाई सहयोग पुगेको थियो । एउटा ठाउँत छ नि राज्यलाइ गुहार्न सक्ने भन्ने एउटा ठाउँ थियो । त्यसका लागि जम्मा १० लाख विनियोजन गरिएको छ । त्यसले पुगेन । यसलाई पहिला जस्तै सशक्त बनाउनु पर्‍यो । ’

सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संचालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।