२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु

मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल

मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल
अ अ+ अ-

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने धारणा राख्नुभएको छ ।

आज पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्संन नहुने बताउनुभयो ।

मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उहाँले बताउनुभयो । यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उहाँले बताउनुभयो ।

तराई मधेसका एक हजार तीन सय सहिदको रगत बगेकाले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउँदै अध्यक्ष दाहालले ती सहिदहरूको योगदान कसैले पनि भुल्न नहुने धारणा राख्नुभयो । विभेदमा पर्ने, विकासबाट वञ्चित भएकाहरूका लागि माओवादी सधैँ लडिरहने उहाँको भनाइ छ । तराई मधेसका दक्षिण भेगका जनसमुदायको सहयोगले मात्रै क्रान्ति सफल हुने उहाँले बताउनुभयो ।  यस यात्रा बहुआयामिक उद्देश्यले हिँडेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।

केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । अध्यक्ष दाहालले आजै दुर्गाभगवती गाउँपालिका, गौर तथा विभिन्न स्थानमा गएर कार्यकर्ता भेटघाट गर्नुभएको थियो । उहाँले बिहान गरुडाका व्यापारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो ।

यसैबीच अध्यक्ष दाहाललाई आजै गौर राइस मिल बचाउ अभियानका सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उहाँले सार्वजनिक जमिन रक्षाका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस