२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक
अ अ+ अ-

काठमाडौँ: कवि दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड‘ लोकार्पण गरिएको छ । कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले ‘पानीको परेड‘ प्रकाशन गरेको हो ।

 ‘२०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको हो,’ ‘पानीको परेडु पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने, ‘पुस्तकका रुपमा ‘अन्तरका छिटा‘ देखि आज ‘पानीको परेड‘ सम्म आइपुगेको छु ।’

 कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे । २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए ।

 ‘२०३८ साल भदौमा म सरकारी जागिरे भएँ । त्यही वर्ष माघ २२ गते ‘राष्ट्रपुकार‘ मा विष्णुविभु घिमिरेसँग संयुक्त रुपमा लेखेको ‘समय’ कविता छापियो,’ कवि अधिकारीले सम्झिए, ‘अनि त हामीमाथि १० वर्षसम्म जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भयो । बागमती अञ्चलाधीश कार्यालयमा हाजिर भएर बयान दियौं । धन्न ! दिनेश अधिकारीको नामबाट कविता लेख्ने व्यक्ति नै सरकारी जागिरदार दिनेशहरि अधिकारी हो भन्ने सुइँको प्रशासनले पाएन । नत्र मेरो जागिर जाने पक्का थियो ।’

 आफ्नो ५० वर्ष लामो काव्ययात्राका अनुभूति बाँड्दै गर्दा कवि अधिकारीले कविताबारे आफ्नो दृष्टिकोण पनि सुनाए । ‘कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो । कहिले लाग्छ, जीवनको विद्रोही वक्तव्य हो,’ उनले भने, ‘कविता शिल्प र कल्पनाको अँगालो त हो नै; यो भावना र विचारको भँगालो पनि हो । समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो, कविता ।’ 

 ‘पानीको परेड‘ कविता संग्रहभित्र कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ । जीवनको ज्वार, आस्थाको आकाश, वक्र–वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन् ।

 कवि अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका सशक्त कवि मोमिला र नवराज लम्साललाई ‘पानीको परेड‘ पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिएको थियो । ‘आमा’ कविता वाचनबाट आफ्नो मन्तव्य सुरु गरेका अधिकारीले श्रीमती उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर पुस्तक उपहार दिए ।

 ‘अतिरिक्त अभिलेख‘ कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह ‘भरियाको भूगोल‘ पनि नेपालयबाटै प्रकाशित छ ।

 ‘कवि दिनेश अधिकारी अनुभूतिको तीव्र प्रवाहलाई स्वाभाविक–सुललित रुपमा पस्किनुहुन्छ, जसले पाठकको हृदयलाई सहज स्पन्दन गर्छ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘पानीको परेडभित्रका सात खण्डका सतहत्तर कविता उहाँले हृदयको रङले पोतेको सप्तरंगी क्यानभास हो ।’

साहित्यका विधाहरुमध्येमा कविताको बजार कम रहेको मान्यता भए पनि पब्लिकेसन नेपालयले कलात्मक साहित्यिक मूल्य र योगदानको कदरस्वरूप वर्षमा एक काव्य प्रकाशन गर्दै आएको उनले बताए । ‘२०२४ मा नेपालयबाट कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा‘ प्रकाशन भएको थियो भने यो मार्च महिनाको पलेँटीकै अवसरमा कवि गीतकार कालीप्रसाद रिजालको नयाँ पुराना कविता र गीतको संग्रह ‘केही मीठो बात गर‘ प्रकाशन हुने उनले जानकारी दिए ।