९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य

हस्तकलाको मूल्य नपाउँदा चिन्तित

हस्तकलाको मूल्य नपाउँदा चिन्तित
अ अ+ अ-

बेलबारी, (मोरङ) । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउनुहुन्छ ।

हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइली बताउनुहुन्छ । उहाँका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्नुहुन्थ्यो । उहाँकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताउनुभयो ।

“पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो”, उहाँले भन्नुभयो ।

स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टँुडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ । एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउनुहुन्छ । उहाँका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य रु एक लाख ५० हजार हाराहारी पर्छ । “सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन”, बराइलीले भन्नुभयो ।

आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको बराइली बताउनुहुन्छ । प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बताउनुहुन्छ । रासस