८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राजसंस्थाको मुद्दा कसरी आयो बहसमा ?

राजसंस्थाको मुद्दा कसरी आयो बहसमा ?
अ+ अ-

काठमाडौं । २०६२/६३ सालको आन्दोलनका बलमा विस्थापित राजसंस्थाको मुद्दा एकाएक बहसमा आएको छ । २०६५ सालमा संसद्ले औपचारिक रुपमा राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो । तर राजसंस्था औपचारिक रुपमा अन्त्य भएको डेढ दशकपछि यो मुद्दा एकाएक बहसमा आएको हो ।

राजसंस्थाको मुद्दा यतिधेरै चर्चा र बहसमा आउनुको मुख्य कारण हो– पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देश । पूर्वराजा शाहले अब आफू चुप लागेर नबस्ने भन्दै राजनीतिक दलहरुलाई चेतावनीपूर्ण शैलीमा धम्की दिनुभएको थियो । उहाँले अप्रत्यक्ष रुपमा जनतालाई आन्दोलनमा उठ्न र राजसंस्था पुनर्स्थापनामा अपील गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस- देश जोगाउन मलाई साथ दिनुस : पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो सहित)

पूर्वराजाको सन्देश सार्वजनिक भएसँगै राजावादीहरु उत्साहित भए । उनीहरुले राजतन्त्रपुनर्स्थापना गर्नुपर्ने माग गर्दै काठमाडौं, वीरगन्ज, पोखरालगायतका स्थानमा प्रदर्शन गरे । प्रदर्शनमा जनताको सहभागिता बढ्यो । यसले उनीहरुको मनोबल अझ बलियो ।

पूर्वराजा ज्ञानेन्द्र शहले पनि राजसंस्थाको पक्षमा जनलहर बढेको अनुभूति गर्दै आफ्ना गतिविधि बढाउँदै लग्नुभएको छ । कहिले जिल्ला भ्रमण र कहिले मन्दिर दर्शनको बहाना बनाउँदै उहाँ सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भइरहनुभयो । सरकारप्रति बढ्दो निराशालाई उहाँले आफ्नो पक्षमा पार्न प्रयास गर्नुभयो । सुस्ताएको राजतन्त्रको मुद्दा फेरि उठाउन उहाँले निकै प्रयास गर्नुभयो । जिल्लाजिल्लामा उहाँले पाएको स्वागतले मनोबल उच्च बन्यो । संसद्मा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँलाई भरपुर साथ दियो ।

राजनीतिक दलहरुप्रति बढ्दो निराशाले जनता आजित भइसकेका छन् । अहिले सरकार र दलहरुप्रति जनताका गुनासै गुनासा सुनिन्छ । सरकारले काम गर्न नसकेको आक्रोस गणतन्त्रमाथि नै परेको हो । राजसंस्थाले देश र जनताका लागि धेरै काम गर्न सक्छ भन्ने भाष्य सिर्जना गर्न राप्रपाले गरिरहेको छ ।

राप्रपा मात्र होइन, मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि धर्मगुरु, ज्योतिषी, तान्त्रिक, साध सन्तहरु राजतन्त्रको पक्षमा खुलेका छन् । अझ हिन्दू धर्मावलम्बीहरुले देशलाई धर्मनिरपेक्ष घोषणा गरेकोमा चित्त बुझाएका छैनन् । सनातन हिन्दू राज्य कायम गर्नुपर्ने मागमा राजसंस्था समेत घुसेको छ ।

राजसंस्था अन्त्य भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह शितल निवासबाट बाहिरिएर धेरै पटक आउजाउ गरिसक्नुभएको छ । कहिले जिल्ला भ्रमण त कहिले भारत आउजाउ गरिरहने पूर्वराजालाई यस पटक काठमाडौं फर्किंदा भने निकै चर्चामा हुनुहुन्छ । काठमाडौंबाट बाहिरिएको तीन महिनापछि फर्किंदा पूर्वराजा शाहको स्वागत गर्न राजावादीहरुले निकै भव्य तयारी गरेका छन् ।

राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, कमजोर सुशासन र सेवाप्रवाह राम्रो नहुँदा जनतामा निराशा बढेको छ । राजनीतिक दलका नेताहरु दलीय र व्यक्तिगत स्वार्थमा केन्द्रित छन् । जनताले विकासको प्रत्याभूति पाउन सकेका छैनन् । आशा लाग्ने काम त भएका छैनन् नै आशा जगाउन सकिने गतिविधि पनि छैनन् । बरु दलहरु एकले अर्कोलाई खुइल्याउने प्रयासमा लाग्दा त्यसको फाइदा राजावादीले लिन खोजेका हुन् ।

नेपालमा २ सय ४० वर्षभन्दा लामो समयसम्म राजसंस्थाले शासन गरेका इतिहास छ । त्यसबेला जनताका लागि राजसंस्थाले के गर्‍यो भन्ने मूल्यांकन इतिहासले गरेकै छ । तर २०६२/६३ सालको आन्दोलनपछि जन्मिएको पुस्ता अहिले युवा भइसकेको छ । यो पुस्तालाई विगतको इतिहास पढाउन सकिएको छैन । व्याप्त निराशाका बेला युवा पुस्तामा पनि राजतन्त्र फर्किएमा केही होलाकी भन्न आशा देखिएको छ । तर इतिहासबारे युवालाई बुझाउन र निराशा चिर्न दलहरुले सकेका छैनन् । यो नै उनीहरुका लागि प्रत्युत्पादक देखिँनै गएको छ ।