३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते



अ+ अ-

कुवेत सिटी। इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थल केही समयका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक आक्रमण हो। कुवेतका अनुसार आक्रमणबाट केही कूटनीतिक नियोगहरूमा समेत क्षति पुगेको छ। यस घटनाले हालसम्म छिटफुट आक्रमणका बाबजुद कायम रहेको युद्धविराममाथि थप दबाब सिर्जना गरेको छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको एक महिनाभन्दा लामो युद्धका क्रममा इरानले खाडी क्षेत्रका मुलुकहरूतर्फ हजारौं मिसाइल र ड्रोन प्रहार गरेको थियो। युद्धविरामपछि स्थिति केही शान्त बनेको भए पनि पछिल्लो घटनाले तनाव पुनः बढाएको छ।

इरानले कुवेत र बहराइनले अमेरिकी सेनालाई आफ्नो भूमि प्रयोग गर्न दिएको आरोप लगाएको छ। तेहरानले बहराइनस्थित अमेरिकी नौसैनिक मुख्यालय र कुवेतको अली अल–सलेम हवाई अड्डालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणबारे भने स्पष्ट उल्लेख गरेको छैन।

कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अल–सनादका अनुसार घटनास्थलमा २५ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो।

घाइतेहरूमा टाउकोमा गम्भीर चोट, मस्तिष्कमा रक्तस्राव, अंग विच्छेदन तथा विस्फोटबाट भएका अन्य गम्भीर चोटपटक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (रासस/एएफपी)