२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ
अ अ+ अ-

झापा। आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार आर्थिक रूपमा कमजोर व्यक्तिलाई केही हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनीहरूको नाममा बैंक खाता खोल्न लगाउने, विभिन्न सेवा प्रदायक कम्पनीका सिमकार्ड लिन लगाउने र त्यसपछि मोबाइल बैंकिङलगायतका माध्यमबाट हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खाता खोलिदिएबापत रु आठ हजारदेखि रु १० हजारसम्म दिने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । खातावालाले आफ्नो खातामार्फत भइरहेको कारोबारबारे जानकारी नपाउने र कारोबारको नियन्त्रण अन्य व्यक्तिले लिने गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको समेत सङ्लग्नता हुनसक्ने भएकाले खोजी तथा निगरानी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

आफ्नो नामको बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा गैरकानुनी कारोबार भए खातावाला समेत अनुसन्धानको दायरामा पर्न सक्ने भएकाले प्रलोभनमा परी बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङको विवरण अरूलाई उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ ।  रासस