२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु

नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ

नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ
अ अ+ अ-

ललितपुर। नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । यही फागुन २२ देखि  कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय महाधिवेशनले गुरुङको नेतृत्वमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ५० सदस्यसहितको नयाँ केन्द्रीय समिति चयन गरेको हो ।

समितिको महासचिवमा टोपबहादुर मल्ल र कोषाध्यक्षमा भुपेन्द्र थापा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता तेज रावलले जानकारी दिनुभयो ।

छैटौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा मेहर सिंह कुँवर, नारायणबहादुर सुयाल, रामकृष्ण सुनार, खड्कबहादुर कार्की, निमबहादुर खत्री, जीवनधर चपाई, इन्द्रबहादुर दहाल, टहलबहादुर कार्की, कृष्णबहादुर खत्री, नारायणबहादुर खड्का, चन्द्रबहादुर गुरुङ, डिलबहादुर थापा मगर, जसबहादुर गुरुङ, राजकुमार आचार्य, विष्णुमायाँ तामाङ, दानबहादुर रानाभाट, ओमप्रकाश थापा, रेस्मीराज अधिकारी, झहरबहादुर खत्री, नारायणसिंह ठकुरी, यामबहादुर खत्री, दिलबहादुर खत्री, महादेवप्रसाद अधिकारी, लिलासिंह राना, देवेन्द्रप्रसाद शर्मा, जीतबहादुर भट्ट, राजु सिग्देल, साधुराम घिमिरे, गोकर्ण पुरी, धनबहादुर लामा, चिजा श्रेष्ठ, श्रीराम आले, राजकुमार बस्नेत, कमलकुमार गुमाजू, मेनबहादुर थिङ तामाङ, वीरबहादुर तिमिल्सिना, रुद्रप्रसाद घिमिरे, भूपेन्द्रकुमार श्रेष्ठ, रामेश्वर खड्का, गौमती थापा मगर, निर्मल कुँवर, कमलबहादुर गुरुङ, फुलबहादुर गुरुङ, वीरबहादुर शाही, मोहनबहादुर राना, बुद्धिबहादुर थापा मगर, वासुदेव भण्डारी, रामबहादुर परिवार, पोखप्रसाद न्यौपाने र उदयबहादुर थापा रहनुभएको छ ।

यस्तै, नवनिर्वाचित अध्यक्ष गुरुङले पदभार ग्रहणसँगै थप १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको कोषाध्यक्ष भुपेन्द्र थापाले जानकारी गराउनुभयो । मनोनित हुनेहरूमा विनुबहादुर थापा, अर्जुन केसी, जुद्धवीर थापा मगर, केशरबहादुर खाँड थापा, भक्तजङ्ग राई, सुब्बा थपलिया, गमबहादुर गुरुङ, प्रेमजङ्ग गुरुङ, ओमबहादुर रिमाल, ओमजङ्ग पाण्डे, देवबहादुर थापा मसराङ्गी, बोधविक्रम पण्डित, क्षेत्रबहादुर थापा, डोरबहादुर अधिकारी, खडानन्द लामिछाने, चौबहादुर गुरुङ र केशबहादुर गुरुङ हुनुहुन्छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुभएको थियोे ।  रासस