४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

नेपाल किन देवभूमि हो ?

नेपाल किन देवभूमि हो ?
अ+ अ-

नेपालका विभिन्न स्थानमा वैदिककालदेखि महादेव, विष्णु, ब्रम्हा, इन्द्र आदि देवीदेवताहरू बसेका, पार्वतीले ध्यान गरेकी, दुर्गा तथा कालीले राक्षसहरूलाई नष्ट गरेकी पुराणहरूले बताउँछन् ।

ऋषिहरूले परमात्माको र साधुसन्तले आत्माको चिन्तन यहीँ गरे । दैवी ऊर्जा, प्राकृतिक सुन्दरता, वैदिक सम्पदा र ईश्वरीय छटाले नेपाल विज्ञान, ज्ञान र ध्यान केन्द्र बन्यो । आर्यावर्तका अनेकौँ स्थानबाट तीर्थाटन, भीक्षाटन, शिक्षाग्रहण र साधनाका लागि नेपाल आएका थिए । उनीहरूको मनले यो भूमि छोड्न मानेन । ज्यानलाई भूऊर्जाले, ब्रम्हचिन्तनलाई सत्सङ्गले, ज्ञानलाई साधनाले उचाईमा पु-यायो । प्राणीहरू अभावलाई पूर्ति गर्न अन्य ठाउँमा जान्छन्, त्यो क्रम आजसम्म छँदैछ ।

हरेक ऋतु र भिन्न भूगोलमा पाइने फलफूल, अन्न, जडीबुटीहरू नेपालको एकै ठाउँमा फुल्छन्, फल्छन् । एउटै पर्वतको टुप्पो, बिच भाग र फेदमा फरक हावापानी, वनस्पति पाइने हुँदा जीवनयापन गर्न सहज भयो । बहुमूल्य र उपयोगी खनिज पदार्थहरू यही भूगोलको गर्भमा लुकेका छन् । यहाँको स्वच्छ हावा, शुद्ध पानी र तागतदार अन्नले ऋषिहरूको जीवनयापन सहज भयो ।

तात्कालिक नेपालका असल शासक, कुशल प्रशासक र इमान्दार जनताले साधकहरूलाई गाँस, बास र कपासको व्यवस्था गरिदिए । शास्त्र अध्ययनले ज्ञानवान्, योगले ध्यानवान्, सोचले आचारवान् जनता बनायो । पितापुर्खाको अदम्य साहस, भूऊर्जाको महती पुण्य, साधकहरूको तपोबल, देवीदेवताको अनुकम्पाकै कारण नेपालले उपनिवेशको अनुहार देख्न परेन ।

आदिमकालदेखि वीर, धीर, ध्यानी, ज्ञानी र तपस्वीलाई कोखमा राखेर, गोदमा लिएर नेपाल सार्वभौमसम्पन्न राष्ट्रको रूपमा चिनियो । प्रकृतिको जप, ऋषिमुनिहरूको तप, साधुसन्तको पाठ, जनताको आचरणले नेपाल पुण्य भूमि बन्यो ।

यत्र ब्रम्हच क्षत्रं च सम्यञ्चौ चरतः सह ।
तँल्लोकं पुण्यं प्रज्ञेषं यत्र देवाः सहाग्निता ।।
–शुक्लयजुर्वेद (२०।२५)

अर्थात् “जहाँ ब्रम्हज्ञान-बल, क्षत्र(शारीरिक) बल प्रेमपूर्वक एक साथ भएर व्यवहारमा ल्याइन्छ, जहाँ देवता र अग्नि साथ रहन्छन् त्यही पुण्य देश हुन्छ ।” नेपालमा बलवीर, दानवीर, कलमवीर र ज्ञानवीरले जन्म लिए, तपस्या गरे । बलवीर र ज्ञानवीरका रूपमा चिनिएका रावण हुन् वा कलमवीरका रूपमा परिचित वेदव्यास, तपवीर ब्रम्हर्षि विश्वामित्र हुन् कि विदेह राजा जनक, ज्ञानवीर विश्वका ज्योतिपुञ्ज बुद्ध हुन् कि महादेवलाई प्रसन्न गर्ने ध्यानवीर बाणासुर सबै नेपालकै सन्तान हुन् ।

यही भूमिमा सरस्वतीले ज्ञान फिजाइन्, विष्णुले विज्ञता बाँडे, महादेवले ध्यान सिकाए, पार्वतीले तन्त्रको अभ्यास गराइन्, ब्रéाले वेद प्रचार गरे । ब्रम्ह बस्ने कमल र उनले वेद लेखेको ताडपत्र नेपालकै जमिन एवं जंगलले दिए । ब्रम्हण्डको रचना गरेकाले हिरण्यगर्भलाई ब्रम्ह भनियो । महादेव र पार्वती (गौरी)को निवासस्थल गौरीशङ्गरहिमाल, मनुको तपस्यास्थल मनास्लुहिमाल, कुम्भकर्णको तपस्यास्थल कुम्भकर्णहिमाल, गणेशको नामबाट गणेशहिमाल नामकरण गरियो । हिमालय पर्वत र मेनकाले पार्वतीलाई नेपालपुरी दाइजोको रूपमा दिएका थिए ।

महादेवले मृगको रूप धारण गरेको मृगस्थली, कालकुट विष पिएर विश्राम लिएको गोसाइँकुण्ड नेपालमा पर्छ । गोसाइँकुण्डको पावन र विषनाशक जल पिएर महादेवले कालकुट विषको पीडालाई शान्त गराए । यो कुण्डको पानीमा केके गुण र तागत छ खोज्न आवश्यक छ । विष्णुको स्वरुप मानिने शालग्रामलाई कालीगण्डकीले जन्माइन् । पार्वतीले नेपालमा तपस्या गरेर महादेव श्रीमान् पाइन् । गोमालाई काठमाडौँउपत्यका आसपास छोडेर कैलाश गएका महादेवका सुपुत्र नवराजको राजधानी हालको साँखुबजार हो । भक्त प्रह्लादले तप गरेका कारण भक्तपुर भएको प्रसिद्धि अझैँ सुन्न पाइन्छ ।

पारुहाङ र सुम्निमाको निवासस्थल किरातप्रदेश, सीताको जन्मस्थल जनकपुर, महादेवले भस्मासुरको आक्रमणबाट जोगिन शरण लिएको हलेशीगुफा, पुष्पदन्त हात्ती र गोहीको युद्धस्थल नवलपरासीको जीवनदायिनीधाम, वाल्मीकिले रामायण लेखेको स्थल भैँसालोटन, सतीदेवीको दाँत पतन भएको घरानस्थित दन्तकाली, गुह्यस्थान पतन भएको गुह्येश्वरीदेवी, जिब्रो पतन भएको स्थान नेपालगञ्जस्थित वागेश्वरी नेपालमा नै छ ।

नेपालभूमिले नै विपश्वी (पद्मपुर), शिखि(अरुणपुर), विश्वभू (अनुपमनगर), कक्रुच्छन्द, कनकमुनि, काश्यपदेखि गौतमबुद्धसम्मलाई काखमा खेलायो, साधना गर्न सहयोग ग¥यो । बौद्धधर्मका अनुयायी मञ्जुश्री नेपाल दर्शनका लागि महाचीनवबाट सहर्ष आएका थिए, वशिष्ठऋषि तन्त्रसिद्धिका लागि महाचीन गएका थिए । नेपालमा शिक्षित र दीक्षित भएपछि विदेशतर्फ जाने क्रम प्राचीनकालदेखि हुँदै आएको जानकारी ग्रन्थहरुले दिन्छन् ।

खोज तथा अनुसन्धानको अभाव, अस्थिर राजनीतिले गर्दा हाम्रा देवीदेवता एवं ऋषिमुनिहरू कोही छिमेकीका, केही विदेशका, कतिपय जात तथा वर्गविशेषका हुन पुगेका छन् । वाल्मीकिको संरक्षणमा रामका सुपुत्रहरू लव एवं कुश भैँसालोटनमा हुर्के, यहीँ शास्त्र र शस्त्रको अध्ययन एवं अभ्यास गरे । नेपालको कोशी, गण्डकी, कर्णाली एवं यसका शाखा नदीहरूमा अनेकौँ ऋषिमुनि र महात्माहरूले गुरुकुल सञ्चालन, साधनाको अभ्यास गराए । केहीका तपस्यास्थलमा अहिले मूर्ति राखिएका छन्, मन्दिरहरू बनेका छन्, कैयौँ तीर्थस्थल एवं दर्शनस्थलमा परिणत भएका छन्, कतिपय अलपत्र भई खण्डहर बनेका छन् ।

उनीहरूको तपस्यास्थलमा ढुड्डो बोल्ने, भूमिबाट अनेक शब्द आउने, नाग बेरिएर, बाघले ढुकेर बस्ने, तिथि र मितिविशेषमा अनेक रङका बत्ति बल्ने, विचित्रका घटना घट्ने, अनौँठो ढुड्डा र मूर्ति भेटिने, भविष्यको पूर्व सङ्केत दिनेजस्ता चामात्कारिक विषय बेलाबखतमा सुन्न पाइन्छन् । महाभारत (वनपर्व ८३।२०२)का अनुसार पृथ्वीमा नैमिष र अन्तरिक्षमा पुष्कर सर्वश्रेष्ठ तीर्थस्थल हुन् । नेपालका तीर्थस्थलसँग यसकोे सिधा सम्बन्ध छ । त्यसैले नेपाल वैदिक धर्मको केन्द्र, आर्य संस्कृतिको जननी हुन पुग्यो ।

नेपालले वेद, मुन्धुम र त्रिपिटक जन्मायो । स्वयम्भू र पशुपतिलाई आफ्नै आँगनमा बसायो । पशुपति वास्तवमा नेपालको मात्र होइन संसारकै आराध्यदेव पशुपतिलाई राष्ट्रदेव बनायो । अनेकौँ स्तुपा, मठ, मन्दिरसहित भूऊर्जाले नेपाल हिन्दूराष्ट्र भयो । राजाको शासनकालमा आफ्नो सम्बोधनको अन्तमा “श्रीपशुपतिनाथले सबैको कल्याण गरुन्” भन्थे । यहाँ प्रयोग भएको गरुन् शब्दले पशुपतिलाई राजाले निर्देशन दिएजस्तो हुनाले “निवेदन गर्दछु” जस्ता प्रार्थना गर्ने वाक्य हुनुपर्छ । सनातनधर्म र पशुपतिको अस्तिŒव हुँदासम्म नेपालको सतीत्व गुम्दैन । वेदअनुसार हिँडे, त्रिपिटकअनुसार बाँचे, मुन्धुमअनुसार सोचे नेपालले स्वर्गलाई माथ गर्ने थियो ।

हाम्रा पुर्खा र ग्रन्थअनुसारको जीवन र व्यवहार, धर्म र राजनीति, विकाश र शिक्षा हुन आवश्यक छ । जसले वैदिक धर्म, पशुपति वा नेपालमाथि वक्रदृष्टि दिन्छ त्यसलाई कहिल्यै कल्याण हुँदैन । जुन शासकले हाम्रो धर्म, संस्कृतिमाथि आँच पु¥याउँछ उसको नाम इतिहासले संझन चाहदैन । रणबहादुर शाहले यसको परिणाम भोगे । पूर्वप्रधानमन्त्री वी. पी. ले पशुपतिको लिङ्क तातेको खबर सुनेपछि “पशुपतिको तल्लो भागमा ग्याँस छ, उत्खनन् गर्नुपर्छ” भनेको केही दिनमा वि. सं. २०१७ पौष १ गतेको घटना भयो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहलले पशुपतिका पुजारीमाथि मनपरी गरेको, पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले शास्त्रविपरीत जलहरीमा सुनको लेप लगाएको केही समयपछि पद छोड्नुपरेको थियो । यसैले नेपालका हरेक देवीदेवता साक्षात् छन्, जाग्रत छन् । यहाँका गाउँ–गाउँमा देवता छन्, क्षेत्र–क्षेत्रमा यज्ञ हुन्थ्यो, घरघरै लक्ष्मीको निवास थियो, प्रत्येक मानिस धार्मिक थिए ।

यही शक्तिले नेपालमा अनेक दर्शन, धार्मिक ग्रन्थ, देवीदेवता एवं सम्प्रदायको उत्पत्ति र विस्तार भयो । शैव, वैष्णव, बौद्ध, शाक्त, किरात, नाथ, बोन सम्प्रदायको मूलस्वरुप यहीँ पाइन्छ । भारतमा हिन्दू र इस्लाम (मुसलमान) बीच कटुता छ तर नेपालमा आत्मीयता छ । किन कि नेपाल देवभूमि हो ।

नेपाल बाहिरका देवीदेवता, साधुसन्त पनि सङ्कटको अवस्थामा यहाँ बस्न आएको इतिहासले बताउँछ । हरिसिंहदेवलाई सपनामा तुलजादेवीले म्लेच्छबाट उपद्र एवं आक्रमण हुन लागेपछि सुरक्षार्थ आफूलाई नेपाल लैजान भनेकी थिइन् । जीवित देवी कुमारीको पूजा विश्वमा अन्यत्र कतै भएको इतिहास छैन । यही महिमा र गरिमाले गर्दा नदीको पानी जल बन्यो, वनस्पति औषधि भयो, पशुपंक्षी देवीदेवताको बाहन बने, माटो विभूति भयो, तराईले अन्न फलायो, पहाडले देवता भएर, हिमालले देवी बनेर नेपालको शोभा बढाए । विश्वका १४ अग्ला हिमालमध्ये १० वटा यहीँ बसे । विश्वको अग्लो चुचुरो सगरमाथाले नेपाल टेथिस सागरभित्र जलमग्न हुँदा नडुवेर हेरिरह्यो ।

संसारमा पाइने पाँचै किसिमका हावापानी, अन्नबाली, जडीबुटी, फलफूल यहाँका हरेक भूभागमा फुल्छन्, फल्छन् । बाह्रै महिना अन्न र फलफूल पाइने भएकाले ऋषिमुनि, साधुसन्त र महापुरुषलाई साधनाकालमा जीवनयापन गर्न सहज भयो । आर्यभट्टलाई गुरुत्वाकर्षण, भाष्कराचार्यलाई खगोल, कणाद्लाई अणु र परमाणु, भारद्वाजलाई विमानविज्ञान, जैमिनिलाई विद्युतशक्ति, गर्गलाई ज्योतिष, मुद्गललाई युद्धसम्बद्ध ज्ञान सिकाउन अफ्रिकाबाट कोही आएका थिएनन् ।

पराशरका पुत्र वेदव्यासले वेदको विभाजन र पुराणको लेखन कार्य दमौलीमा गरे, विश्वामित्रले गौरीशंकरहिमालमा गायत्रीमन्त्र प्राप्त गरे । श्रृड्डी, जैमिनी, अरूण, वरुण आदिको साधनास्थल नेपालका गुफा, नदी र पहाडहरू हुन पुगे । वेदान्तदर्शन, वैशेषिकदर्शन, जनकदर्शन, बौद्धदर्शन, बोनधर्म, मुन्धम एवं अष्टावक्रगीताको अंकुर र विकास नेपालबाटै भयो । पार्वतीलाई महादेवले यहीँका हिमालमा बसेर तन्त्रको अभ्यास गराए । नेपालको यही ऊर्जाले अनेकौँ नदी, गुफा, कन्दरा, जंगल, पर्वतहरूमा ज्ञानको दियो बल्यो, विज्ञानको मूल फुट्यो, साधनाको फल पाक्यो । देवभूमिको भूऊर्जाले ब्रम्हचिन्तकलाई तान्यो, तन्त्रविज्ञलाई लोभ्यायो र यन्त्रनिर्मातालाई आकर्षण ग-यो ।

पर्वतहरू भञ्ज्याङमा भेटिएर, वृक्षहरू जोडिएर, नदीहरूले घाटमा मिलेर, ढुड्डाहरूले मूर्ति भएर तीर्थस्थललाई स्वागत गरे, देवीदेवतालाई नमन गरे । तीर्थस्थलले तार्छन्, देवस्थलमा परमात्माले दर्शन दिन्छन्, साधनास्थलले सायुज्य प्रदान गर्छन् । सेती र काली नदीको संगममा स्नान गर्नाले मृत्युपछि स्वर्गमा उडेँर जान्छ, जो विद्वान्ले यहाँ शरीर त्याग्छ उसले मुक्ति पाउँछ । सेती र कालीको संगम देवघाट हो । भारतीय विद्वान्हरूले यसलाई अस्वीकार गरी गंगा र यमुनालाई मानेका छन् । तीन नदीको संगमलाई ॐकार स्वरूप मानिन्छ जसको साकारस्वरूप त्रिवेणीधाम नेपालमा छ । कृष्णसारस्तु चरति मृगो यत्र स्वभावतः स ज्ञेयो यज्ञीयो देशः अर्थात् कृष्णसारमृग जहाँ विचरण गर्छन्, त्यो यज्ञ (पवित्र) भूमि हो ।

नेपालमा कृष्णसार मृग पाइने हुनाले पवित्र भूमि भयो अन्य भोगभूमि, रोगभूमि, शोकभूमि हुन पुगे । पारसमणिदेखि सोमलतासम्म, सञ्जीवनीबुटीदेखि सिद्धहरुसम्म, यतिदेखि बोल्ने ढुङ्गासम्म यहीँ भेटिन्छन् । भारतलाई झण्डै सात सय वर्ष मुसलमानले, दुई सय वर्ष अड्ड्रेजले शासन गरी दैवी शक्तिसहित पवित्रतालाई धुमिल बनाइदिए । नेपालमाथि आक्रमणको दुस्प्रयास गरे तथापि देवभूमि एवं पुर्खाको तपोबल सुरक्षाकवच भएकाले हामी कहिल्यै गुलाम बनेनौँ ।

पृथ्वीनारायणको स्वर्गबाससँग नेपालमा राजा जन्मिएन, महेन्द्रपछि कम्युनिष्ट देखिएनन्, वीरेन्द्रसँग प्रजातन्त्रको मृत्यु भयो, बहादुर शाहपछि वीर भेटिएनन्, कालु पाण्डेपछि योद्धा पाइएनन्, तथापि देवीदेवताको शक्ति, ऋषिमुनिको साधनाबल, तीर्थस्थलको ऊर्जा, मठमन्दिरको तागतले यो भूमिको स्वामित्वमाथि कसैको आवाद छैन । यो हुनुमा नेपालको सतीत्व, देवीदेवताको ऊर्जा, ऋषिमुनिका आशीर्वाद, साधकहरूको तपोबल, योद्धाहरूको त्याग, वीरहरूको मनोबल मुख्य कारण हो । आध्यात्मिक, यान्त्रिक, तान्त्रिक, प्राकृतिक शक्तिहरूको संयोजनले नेपाल देवभूमि हुन पुग्यो, हाम्रो भूभाग पुण्य भूमि भयो ।