४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

जेन–जी आन्दोलनका घाइतेहरुको प्रश्न: खोई सरकार ?

जेन–जी आन्दोलनका घाइतेहरुको प्रश्न: खोई सरकार ?
अ+ अ-

काठमाडौं। जेन–जी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेन–जी आन्दोलनका घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् ।

उनले भने,‘सरकारले हामीलाई अहिलेसम्म फोन पनि गरेको छैन, अहिलेसम्म जेनजी साथीहरुले पनि फोन गर्नुभएको छैन भन्नुहुन्छ, अनि मलाई तपाईं को हो भनेर भन्नुहुन्छ, मैले जवाफमा म एकदमै नर्मल मान्छे हुँ भनेर भनेको छु । म सरकारी मान्छे होईन, म सहजकर्ताको हिसाबले काम गरिरहेको छु भन्नुभएको छ ।’

अहिलेको अन्तरिम सरकारपनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरुलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाईतेका परिवारले गुनासो गरेको उनको भनाई छ ।

उनले सुनाए,‘कतिपय यस्तो हुनुहुन्छ कि घरमा एउटा कमाउने छोरा गुमाउनुभएको छ, जसले कमाउनुभएको थियो, घरको खर्च टर्दथ्यो, तर अहिले त्यही छोरा अस्पतालको बेडमा छ, कुनै सहयोग वा राहत नपाएको अवस्था छ, उहाँहरुले फोन गर्नुभएकोले मैले आज यहाँ पत्रकार भेटघाट गराएको हुँ, उहाँहरुको अवस्था एकदमै दयनीय छ । जसको रगतमा यो सरकार बनेको छ, उहाँहरुको बारेमा यो सरकारले एकचोटी सम्बोधन गर्नुपर्दैन ?’

उनले जेन–जी आन्दोलनको बेलामा गोली चलाउन आदेश दिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक, तत्कालिन सिडिओलगायतलाई कारबाही किन गरिएन भनेर पनि उनले प्रश्न गरे । जाँचबुझलगायतका अहिले बनेका समितिमा शहिद तथा घाइते परिवारका सदस्यहरुलाई राख्नु पर्दैन थियो ? भनेरपनि उनले प्रश्न गरे ।

उनले बा’लाई फालेर आमालाई सरकारको नेतृत्वमा ल्याउनको लागि मात्रै यत्रो युवाहरुले गोली खाएको हो र ? भनेर प्रश्नसमेत गरे । सरकार ढाल्नमात्रै आन्दोलनको उद्देश्य थियो त ? भनेर वर्तमान सरकारलाई प्रश्न गरे । उनले प्रधानमनत्री कार्कीसमक्ष घाइतेहरुलाई हेर्न कहिले आउनुहुन्छ भनेर पनि सोधे ।

जेन–जी आन्दोलनका घाइते सुयोग राईले आफूलाई आन्दोलनको क्रममा गोली लागेको सुनाए । गोलीको छर्राको कारण आफ्नो एउटा आँखाको ज्योति नै गुमेको बताए । परिवर्तनको लागि आन्दोलनमा गएपनि अहिले हेर्दा के को लागि गएको जस्तो भएको उनको गुनासो छ । उनले आफ्नो निःशुल्क उपचार भएको सुनाए । घरपरिवारले समेत अहिले धेरै चिन्ता लिएको उनको भनाई छ । आफू विदेश जान ठिक्क परेर बसेको भएपनि देशमा व्याप्त भ्रष्टाचार हटाउनको लागि आन्दोलनमा गएको उनले सुनाए ।

यस्तै, अर्का वक्ता प्रदीप भट्टराईले राज्यले निकास पाओस भनेर जेन–जी आन्दोलन भएको स्मरण गराए । नेपालमा युवाहरुलाई दबाइएको र भिजन नभएकाहरुले देश कब्जा गरेकोले देश विकास नभएको उनको दाबी छ । उनले यो देशको विकास युवाले गर्नसक्ने ठोकुवा गरे । राज्यमा बेथितिको अन्त्य गर्न पनि विकासले गर्न सकिने बताए ।

जेन–जी आन्दोलनका घाइते सञ्जय पौडेल (सर्लाही) ले संसद् भवनअघि चार वटा गोली लागेर घाइते भएको बताए । सरकारले दिँदै आएको घाइते परिचयपत्र लिनको लागि पनि धेरै कष्ट भोग्नुपरेको पनि उनले सुनाए । उनले आफूहरुको जिन्दगी बोनसको जिन्दगी भएको बताए । तर, आफूहरुलाई निर्णय प्रक्रियामा आफूहरुलाई बेवास्ता गरिएको उनको गुनासो छ । आफूहरुले उठाएका माग र मुद्दाको विषयमा वर्तमान सरकारले संविधानको मुखमात्र हेरेर बसेकोमा पनि उनले आक्रोश पोखे ।

अर्का घाइते समिर खत्री (दोलखा) ले आफू जेन–जी आन्दोलनको क्रममा घाइते भएको र आफूहरुको माग पूरा हुनुपर्ने बताए । आफूहरु आन्दोलनमा मर्नमात्रै नगएको भन्दै आफूहरुले अघि सारेका माग र मुद्दा अनि उद्देश्यपनि पूरा हुनुपर्नेमा जोड दिए । उनले भने,‘हामी यो अन्तरिम सरकार बनाउनको लागि मात्रै आन्दोलनमा गएका थिएनौं । हामी त भ्रष्टाचार जरैदेखि उन्मुलन होस भनेर गएको हो ।’ नेपालमा राजनीतिक अवस्था अस्थिर रहेकोमा उनले चिन्ता व्यक्त गरे । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जनताले चुन्न पाउनुपर्ने उनको माग छ । उनकी आमाले समेत सम्बोधन गरेकी थिईन् । उनले आफूले ज्यामी काम गरेर छोरालाई साईन्स पढाएको तर आन्दोलनमा घाइते हुँदा दुःख जेलो गरेर उपचार गराएको उनले सुनाईन् । उनले देश बन्नुपर्ने धारणा राखिन् ।