८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै
अ+ अ-

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।

गाउँपालिकाले अचार बनाउने, ढाकाको कपडा बुनाई, सिलाइकटाइ, बेमौसमी तरकारीखेतीलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । महिलालाई आत्माभिर्नरसँगै व्यावसायिक बनाउन ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आफ्नो पहलमा महिलालाई आवश्यकताका आधारमा, ढाका बुनाई, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती गर्नेलगायत सीप प्रदान गरिएको उहाँको भनाइ छ ।

सीप सिकेर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन २७ महिलालाई अचार बनाउने सीप प्रदान गरिएको छ । बाहिरबाट विषेशज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम समेत दिइएको छ ।

आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप सिक्न पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ नागीकी सम्झना राईले भन्नुभयो । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रूपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उहाँको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको राईले बताउनुभयो ।

“आफ्नै ठाउँमा सीप लिन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “सीप नुहँदा घरायसी काममा समय बितिरहेको थियो । सीप भएपछि आफ्नै ठाउँमा पाउने विभिन्न कच्चा पदार्थबाट अचार बनाएर राम्रो आम्दानी लिन सकिने रहेछ । सिकेको सीपलाई व्यवहारमा ल्याएर काम गर्ने मेरो लक्ष्य छ ।”

सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीयवासी क्षमादेवी राईले बताउनुभयो । तालिम लिएपछि गाउँघरमा सहजै पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिनेरहेछ भन्ने ज्ञान पाएको उहाँको भनाइ छ ।

सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायत ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताउनुभयो । तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चा पदार्थबाट व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ । झापामा अचारको उद्योग सञ्चालन गरिरहेकाले यहाँ उद्योग सञ्चालन भएको खण्डमा त्यसको बजारीकरणमा आफूले सहयोग गर्ने उहाँले बताउनुभयो । अचार भण्डारण तथा प्याकेजिङ, ब्रान्डिङ गर्न सकेको खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने प्याकुरेको भनाइ छ । रासस