२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई स्वागत तयारी : विमानस्थलमा जान आह्वान, सुरक्षा कडा



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ । राजावादीहरुले उहाँको स्वागतका लागि निकै तामझामपूर्णरुपमा तयारी गरेका छन् ।

संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरेको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ ।

पोखरामा रहेका पूर्वराजा शाह आज अपराह्न तीन बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । राजावादीहरुले एक बजे नै त्रिभुवन विमानस्थलमा पुग्न आह्वान गरेका छन् ।

विराटनगर, इटहरी, वीरगन्ज, पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा राजतन्त्र पुन:स्थापनाको माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

यसैबीच राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको बताउनुभएको छ । राजावादीहरुले जुलुससमेत निकाल्ने तयारी भएकाले प्रशासनले सुरक्षा व्यवस्था कडा एको हो ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सबै सुरक्षा निकायहरु परिचालन गरिएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन थालेको छ ।

पूर्वराजाको स्वागतका लागि हुने कार्यक्रमको सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभएको छ ।

पूर्वराजाको पक्षमा एकाएक आन्दोलन हुन थालेपछि प्रमुख राजनीतिक दलहरु पनि सतर्क देखिएका छन् । नेकपा माओवादी केन्द्रले केही दिनका लागि आफ्नो अभियान नै स्थगित गरेको छ ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतलनिवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।