४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पशुपतिको उत्पत्ति कहिले भयो ?

पशुपतिको उत्पत्ति कहिले भयो ?
अ+ अ-

वैदिक धर्म, सनातन संस्कृति, आर्य सभ्यता र दर्शन आदिमा पशुपतिको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको छ । पशुपतिलाई शिवरूपमा पूज्ने, आत्मा रुपमा चिन्तन गर्ने, ईश्वर संझेर उपासना गर्ने परम्परा आदिमकालदेखि थियो ।

पशुपतिले वाग्वती, कैलाश, मृगस्थली, अनेकौँ घाट र धाम, क्षेत्रलाई साथमा लिई नेपालमा बस्दा त्यही स्थानमा मूर्तिको स्थापना र मन्दिर निर्माण हुन पुग्यो । कहिले पुरिँदै, कहिले डुब्दै, कहिले उत्रँदै, कहिले मन्दिर र मूर्तिसहितका अनेक अवस्था पार गरेको इतिहास छ पशुपतिसँग । पशुपतिको कृपाले शिवपुरीमा उत्पत्ति भई वाग्वती बग्न थालिन्, अनेकौँ देवीदेवता दर्शनार्थ आए, ६४ शिवलिङ्गले बास गरे अिन नेपाल शैव क्षेत्र भयो ।

पशुपतिको ज्योतिरूप कहिले प्रकट भयो, पहिलो मूर्ति कसले, कुन मितिमा निर्माण गरे एकीन प्रमाणहरू भेटिँदैनन् । नागदहले उपत्यका डुबाउँदा पशुपतिको ज्योतिर्लिड्ड डुबेको वर्णन पशुपतिपुराण, हिमवत्खण्ड, विभिन्न वंशावलीहरूमा पाइन्छन् । वेदको संकलन, तन्त्रको प्रयोग, पुराण लेखनपूर्व यहाँ पशुपति थियो । गोपालवंशावलीमा नेप नाम गरेका गोपाल राजाको समयमा पशुपतिको ज्योति प्रकट भए पनि तिथिमिति एकीन छैन ।

शुक्लयजुर्वेद (१६।२८)मा पशुपतये च नमो…., शुक्लयजुर्वेद (१६.४०)मा शंकराय च पशुपतये च नम:…, शुक्लयजुर्वेदको (२४.३, ३९.९), पशुनामधिप असत्….अथर्ववेद (१८.३१.२) आदिमा पशुपतिका चर्चा छन् । अथर्ववेद(११.२.५–६)मा भनिएको छ ‘हे पशुपति – तपाईका मुख, तीन आँखा, छाला, रूप, अड्ड, पेट, दाँत र नाकलाई नमस्कार छ ।’

पशुपतिलाई साकार वा निराकार रूपमा वैदिकालदेखि चिन्तन गरिन्थ्यो भन्ने प्रमाण वेदका मन्त्रहरूबाट पुष्टि हुन्छन् । पुराणहरुले ब्रह्मा, विष्णु र इन्द्रद्वारा पशुपतिको मूर्ति स्थापना गरेका बताउँछन् । पहिलोपटक राजा सुपुष्पदेवले पशुपतिको मन्दिर निर्माण गराए पनि तिथिमिति प्रष्ट छैन । त्रेतायुगमा दशरथ तथा भगवान् राम पशुपति दर्शन गर्न आएको चर्चा छ ।

महाभारतअनुसार वनवासका क्रममा अर्जुन पाशुपतक्षेत्रमा आएका थिए । गणितीय हिसाबले अर्जुन आजभन्दा करिब पाँच हजार वर्ष पहिले पशुपतिमा आएको देखिन्छ । भारतमा रहेका १२ ज्योतिर्लिड्डको मूलआधार नेपालमा रहेका पशुति नै महाज्योर्तिलिड्ड अर्थात् पूर्णज्योर्तिलिड्ड हुनुहुन्छ ।

ज्योतिर्लिड्डकै उत्पत्ति भएको मिति छैन भने महाज्योतिर्लिड्ड (पशुपति)को जन्म मिति कसरी नाप्ने ?

सर्वसाधारणले महाज्योतिर्लिड्डको दर्शन गर्न सकूँन् भनी ब्रम्हाजीले शिला (ढुड्डा)को शिवलिड्ड बनाई पाशुपतक्षेत्रमा रहेको महाज्योतिर्लिड्डलाई ढाकिदिनुभयो । विष्णुले त्यसमाथि इन्द्रनीलमणिको पञ्चमुखाकृति शिवलिड्ड स्थापना गर्नुभयो । यसकारण पशुपतिको पञ्चमुखाकृति लिड्डलाई ब्रम्हाविष्णुशिवात्मक लिड्ड भनिन्छ । ऋषि, देवीदेवता, साधुसन्त, महापुरुषले आर्यावर्तका अनेकौँ स्थानमा शिवलिड्ड स्थापना गरेका थिए ।

सृष्टिकर्ता, जगत्पालक र स्वर्गका राजाले स्थापना गरेको ब्रम्हाण्डमा पशुपतिबाहेक अन्य मन्दिर छैन । यसैले पशुपतिलाई महाज्योतिर्लिड्ड भनियो । प्राचीन शिवलिड्ड अहिले पशुपतिमा उपलब्ध नभए पनि वर्तमान विग्रह त्यही अनुरूपकै थियो भन्न सकिन्छ । नेपालमाहात्म्यका अनुसार पवित्रतम पाशुपतक्षेत्रमा श्लेष्मान्तक नाम गरेका नागराजले पशुपतिको हजार वर्षसम्म कठोर तपस्या गरे । श्लेष्मान्तकको तपस्याबाट शङ्गर प्रसन्न भई वरदान दिन पार्वतीका साथमा प्रकट हुनुभयो । भोलेनाथले श्लेष्मान्तकलाई वरदान दिँदै ‘तिम्रै नामबाट यो वन प्रसिद्ध हुनेछ भन्नुभयो । उनैको नामबाट यस वनको नाम श्लेष्मान्तक रहेको हो । श्लेष्मान्तक ऋषिले सत्ययुगमा तपस्यास्थल बनाएका हुनाले पशुपतिको उत्पत्ति प्राचीन देखिन्छ ।

सत्ययुगमा भोलेनाथले पाशुपतक्षेत्रलाई क्रीडास्थल, भ्रमणस्थल, निबासस्थल बनाउनुभएको थियो । उहाँले मार्गकृष्ण चतुर्दशी (बालाचतुर्दशी)का दिन एक सिड्डेमृग भई विहार गर्न थाल्नुभयो । पार्वती वाग्वतीका किनारमा गुह्वेश्वरीका रूपमा रहनुभयो । पार्वतीसहित महादेव कैलाशमा लामो समयसम्म नहुँदा सबैतिर शून्य हुन थाल्यो । उहाँहरूलाई खोज्दै देवताहरू श्लेष्मान्तक वनमा आइपुगे । वाग्वतीका किनारमा तपस्यारत एक कन्या माता पार्वती हो भनी चिनेर “शङ्गर कहाँ हुनुहुन्छ ?” भनी ब्रम्हा, विष्णु र इन्द्रले सोध्नुभयो ।

पार्वतीले “वाग्वती नदीको नैर्ऋत्य दिशामा अनेक फूलले शोभायमान वनमा एक सिड्डे मृग भई विहार गरिरहनुभएको ” जानकारी दिनुभयो ।

मृगस्थलीमा देवताहरूले खोज्दै जाँदा मृगरूपी महादेवलाई देखे । देवताहरूसहित ब्रम्हा, विष्णु र इन्द्रले उहाँलाई खुसी पार्न स्तुति गर्नुभयो । अनेकौँ प्रयास गर्दा पनि शङ्गरजीले मृगरूप नछोडेपछि ब्रम्हादि देवताहरूले आपसी सल्लाह गरी समात्ने कोशिस गर्नुभयो । दैवसंयोग पक्रनेबित्तिकै मृगरूपी शङ्गरको सिड्ड भाँचिएर तीन टुक्रा भयो । इन्द्रको हातमा सिड्डको टुप्पो, ब्रम्हाको हातमा सिड्डको बीच भाग तथा विष्णुको हातमा सिड्डको फेद पर्‍यो । अब उहाँहरूलाई झन् समस्या आइलाग्यो । कसो गर्ने भनी महादेवको स्तुति गर्न थाले । स्तुतिबाट प्रसन्न भोलेबाबाले भन्नुभयो–

त्वत्करस्थमिदं श्रृड्डं हारिणं मम मध्यमम् ।
अत्रैव स्थाप्यतां ब्रम्ह: निर्मले निम्नगातटे ।।
त्वत्करस्थमिदं विष्णो श्रृड्डमूलं सुशोभनम् ।
नीत्वा रसातले रम्ये स्थापनीयं प्रयत्नत: ।।
श्रृड्डाग्रं हारिणं पुण्यं मामकं त्रिदशेश्वर ।
नीत्वा सुरालये रम्ये स्थापनीयं ममाययज्ञया ।।
–पशुपतिपुराण (१८।७–११)

अर्थात् “हे ब्रम्हाजी – तपाईंका हातमा भएको सिड्ड वाग्वतीको किनार(गोकर्ण)मा राख्नुहोस् । हे विष्णु – तपाईंसँग भएको सिङ रसातलमा सुरक्षाका साथ राख्नुहोस् । हे इन्द्र – तपाईंसँग भएको सिङ स्वर्गमा लगेर स्थापना गर्नुहोस् ।” उहाँहरूले महादेवको आज्ञाअनुसार सिङ तत्तत् स्थानमा राख्नुभयो । यही समयमा महादेवले आफ्नो मृगको शरीरले मूर्ति बन्ने र त्यो चार मुखे मूर्ति चाँपको फेदमा रहने भविष्यवाणी गर्नुभयो । यो घटना सत्ययुगमा भएको वर्णन छ । ज्योतिषशास्त्रले कलियुगको आयु ४,३२,००० वर्ष बताएको छ । यसको दुई गुणा (८,६४,०००) द्वापर, ३ गुणा (१२,९६,०००) त्रेता र ४ गुणा (१७,२८,०००) सत्ययुगको अवधि हुन्छ । यो कुन कल्पको सत्ययुगमा भएको हो अनुमान गर्न गाह्रो छ तथापि पशुपतिको अस्तित्व प्राचीनतम भएको प्रष्ट छ ।

शिवपुराण (रुद्रसंहिता अध्याय नौ)मा पशु, पशुपतिका बारेमा व्यापक चर्चा छ । त्रिपुरशहरलाई नष्ट गर्न शङ्गरको नेतृत्वमा देवसेना सफल भएका थिए । सबै देवतालाई पशुभावमा राखेर शिव नै पशुपति भएको चर्चा यहाँ छ । यही समयदेखि उहाँलाई पशुपति भन्न थालिएको हो । परमात्मा शिवको उत्पत्तिको तिथिमिति आजको समयबाट गन्न र भन्न सकिँदैन । पशुपतिपछि कालको उत्पत्ति हुनाले ठोस मिति वा प्रमाण छैन । विक्रम सम्वत्, शालिवाहिनी शाके, सन्, नेपाल सम्वत्जस्ता संवत्हरूको प्रयोग निकैपछि हुनाले परमात्माको जन्मलाई नाप्न मिल्दैन ।

तिरोधानं गते लिड्डे तेजोरूपे हि तत्र च ।।
कामधेनु: समागत्य दुग्धं स्रवति नित्यश: ।
संस्नाप्य पशुपं देवमाप्लाव्य वाग्वतीजले ।।
– हिमवत्खण्ड (७७।२६–२७)

अर्थात् “ज्योतिर्लिड्ड माटाले पुरिनुका साथै त्यहाँ घाँस आदि उम्रियो । त्यस ठाउँमा हजारौँ वर्षसम्म कामधेनु गाईले नित्य वाग्वतीमा स्नान गरी दूध चढाउँथिन् ।” कुनै म्लेच्छले एक दिन कैली (बहुह्री नाम गरेकी) गाईले दूध चढाएको देख्यो र जिज्ञासा लागेर खन्दा अत्यन्त तेजोमय ज्योतिर्लिड्ड प्रकट हुनुभयो । यस लिड्डको तेजलाई सहन नसकेर म्लेच्छहरू त्यसैमा लीन भए ।

रत्नाकरले रामनामद्वारा वाल्मीकिमा रुपान्तरण गरे, कालीदासले देवीको कृपाबाट संस्कृतभाषाका आदिकवि बनेजस्तै म्लेच्छहरु खरानी बनेका होइनन् ज्योतिको दर्शनबाट ज्ञानी भएका हुन् । देवमालावंशावलीका अनुसार यो घटना द्वापरयुग ८४३ बाँकी रहँदा भएको थियो अर्थात् झण्डै पाँच हजार नौ सय वर्ष पहिले भएको थियो । पशुपतिपुराणका अनुसार आजभन्दा झण्डै पाँच हजारवर्ष पहिले पशुपतिलाई महाज्योतिर्लिड्ड स्वरूपमा ग्वालाले दर्शन गरेको प्रष्ट छ ।

श्रीकृष्णको जन्म द्वापरयुगको अन्ततिर भाद्रकृष्ण अष्टमीमा भएको थियो । उनका छोरा प्रद्युम्नले इन्द्रदमन राक्षसलाई मारेर नागदहको पानी खोलेपछि काठमाडौँउपत्यका बस्तीयोग्य भयो । विष्णुले लक्ष्मीलाई पत्नी रूपमा पाऊँ भनी पशुपतिको तपस्या गरेको वर्णन हिमवत्खण्डमा छ । यसबाट पशुपति महाज्योतिर्लिड्डको पूजा, उपासना धेरै पहिलेदेखि हुँदै आएको प्रष्ट हुन्छ ।

देवता, दानव, मानवहरूले आफ्नो इष्ट सिद्धिका लागि आदिमकालदेखि पशुपतिको साकार र निराकार, पार्थिव एवं ज्योतिस्वरूपमा पूजाआजा एवं चिन्तन गरे । डा. जगदीशचन्द्र रेग्मीज्यूले पशुपतिको मूर्ति स्थापना सन् ५३३ भन्दा पहिले भइसकेको बताउनुभएको छ । राष्ट्रियस्तरमा वृहत्तररूपले अनुसन्धान नहुनु, बाè अनुसन्धानकर्ता एवं धर्मावलम्बीले यसको उत्कर्ष नचाहनु, पुराणहरूले युगको वर्णन गरी मिति नतोक्नुजस्ता कारणले पशुपति उत्पत्तिको निश्चित तिथि, मिति भन्न सकिँदैन ।

पशुपतिको ज्योतिस्वरूपको उत्पत्तिलाई तिथिमितिमा मापन गर्न सकिँदैन । मूर्ति निर्माणका सम्बन्ध आधिकारिक खोज गर्न वैदिक शास्त्र, तन्त्रशास्त्र, इतिहास, विभिन्न वंशावली, स्थानीय आख्यान, पुरातत्व आदिको सहयोग लिन आवश्यक छ । मन्दिर निर्माण गोपालकालदेखि हुँदै आए पनि पशुपतित्वको उपासना, पूजन, चिन्तन वैदिककालदेखि थियो । देवीदेवता र ऋषिमुनिहरुसमेतले दर्शन तथा साधना गरेका हुँदा आदिम कालदेखि शिवस्वरुप पशुपति रहेको प्रष्ट हुन्छ ।

किरातकालमा मात्रै होइन लिच्छविकालका प्रसिद्ध राजाहरू मानदेव, अंशुवर्माको पालामा पशुपतिको महिमा उत्तिकै पाइन्छ । लिच्छविकालिक शिलालेखहरूको शिरोभागमा साँढे (नन्दी) बनाउने चलनले यहाँ शैव संस्कृतिको प्रभाव रहेको पुष्टि हुन्छ । जब मानिसको साधना र ब्रम्हचिन्तनप्रति मन जान छोड्यो त्यसपछि विभिन्न तीर्थस्थलमा मूर्ति निर्माण गर्ने होड चल्यो ।

यही परम्पराअनुसार वर्तमान पशुपतिको मूर्तिनिर्माण कलियुग प्रारम्भसँगै भएको बुझिन्छ । पशुपतिको सत्यतथ्य उत्पत्तिका बारेमा कि त मौन बहने पवित्रतम वाग्वती नदीलाई थाहा छ, कि त शान्त र सौम्य भएर कैयौँ समयदेखि पशुपतिलाई दर्शन गर्दै बसेका कैलाश र मृगस्थली पर्वतलाई ज्ञान छ, कि त मुक्ति र शक्ति दिने घाटहरुलाई अवगत छ, कि त अनादिदेव पशुपतिलाई नै जानकारी छ ।