२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

च्याम्पियन्स ट्रफीको फाइनल आज, उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

च्याम्पियन्स ट्रफीको फाइनल आज, उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै
अ अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्यूजिल्याण्ड २५ वर्षपछि फेरि भिड्दैछन् ।

खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

यसअघि सन् २००० मा नैरोबीको मैदानमा भएको फाइनलमा न्युजिल्याण्डले अन्तिम ओभरमा ४ विकेटले भारतलाई हराएको थियो ।

आईसीसी प्रतियोगिताको नकआउट खेलमा न्युजिल्याण्ड भारतमाथि हाबी हुँदै आएको छ । उसले २०१९ ओडीआई विश्वकपको सेमिफाइनल र २०२१ विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गरेको थियो ।

आईसीसीको सीमित ओभरको क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि न्यूजिल्यान्डसँग छ । सन् २००० मा भारतले केन्या, अष्ट्रेलिया र दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

अर्कोतर्फ न्युजिल्याण्डले जिम्बाब्वे र पाकिस्तानलाई हराएको थियो । नैरोबीको मैदानमा भएको फाइनलमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।

भारतका लागि कप्तान सौरभ गांगुलीले ११७ रन र सचिन तेन्दुलकरले ६९ रन बनाए । यी दुई बाहेक अरु कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् र टिमले ६ विकेट गुमाएर २६४ रन मात्रै बनायो ।

न्युजिल्याण्डले १३२ रनमा ५ विकेट गुमाएको थियो । जहाँ क्रिस ह्यारिसको साथमा क्रिस केर्न्सले इनिङको जिम्मा लिए । दुवैले छैटौं विकेटका लागि १२२ रनको साझेदारी गर्दै भारतलाई खेलबाट बाहिर पुर्याएका थिए । २ बल बाँकी रहँदै केर्न्सले शतक प्रहार गर्दै टोलीलाई जित दिलाए । खेलको प्लेयर अफ द म्याच पनि केर्न्स भए ।

२७ वर्ष लामो च्याम्पियन्स ट्रफी इतिहासमा यी दुई टोली तेस्रो पटक मात्र भिड्दैछन् । जारी प्रतियोगिताको समूह चरणमा भारतले न्युजिल्याण्डलाई ४४ रनले हराएको थियो । अब मार्च ९ मा दुबईको मैदानमा फेरि दुवै टोलि आमनेसामने हुनेछन् ।

आईसीसीका सबै प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १६ खेल भएका छन् । न्युजिल्याण्डले १० खेलमा जित निकाल्दा भारतले ६ खेल मात्र जितेको छ । यद्यपि, आईसीसी एकदिवसीय प्रतियोगितामा भने दुबै टोलिले बराबरी खेल जितेका छन् ।

च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकपमा यी दुईबीच १२ खेल भएका थिए, जसमध्ये न्युजिल्याण्ड र भारतले ६–६ खेल जितेका छन् ।

न्युजिल्याण्डले भारतविरुद्धको आईसीसी समूह चरणका खेलमा मात्रै नभई नकआउट चरणमा पनि आफ्नो वर्चस्व देखाउँछ । यी दुईबीच ४ वटा नकआउट खेल भएका छन्, जसमा न्युजिल्यान्डले ३ र भारतले १ मात्र खेल जितेको छ ।

२०२३ अघि न्युजिल्याण्डले तीनवटै नकआउट खेलमा भारतलाई हराएको थियो । यी हारहरू २००० च्याम्पियन्स ट्रफीको फाइनल, २०१९ ओडीआई विश्वकपको सेमिफाइनल र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल थियो । २०२३ को विश्वकप सेमिफाइनलमा भने भारतले यो सिलिसिलालाई तोड्दै न्युजिल्याण्डलाई ७० रनले पराजित गर्यो ।

समग्रमा, भारतले एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डमाथि पक्कै दबदबा कायम गरेको छ । यी दुईबीच भएको ९५ ओडीआई खेलमा भारतले ६३ र न्युजिल्यान्डले ३० खेल जितेका छन् । अर्थात् भारतको सफलता दर ६६ प्रतिशत छ ।

भारतका विराट कोहली न्युजिल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने सक्रिय खेलाडी हुन् । उनले न्युजिल्याण्डविरुद्ध ३२ एकदिवसीय खेलमा ६ शतक प्रहार गर्दै १६५६ रन बनाएका छन् ।

रोहित शर्माले न्युजिल्याण्ड विरुद्ध ९९७ रन बनाएका छन् भने शुभमन गिलले ११ खेलमा ७४ को औसतमा ५९२ रन बनाएका छन् ।

न्युजिल्यान्डविरुद्ध सबैभन्दा बढी विकेट लिने सक्रिय भारतीय खेलाडी मोहम्मद शामी हुन् । उनको नाममा १५ एकदिवसीय खेलमा ३७ विकेट छन् । शामीले २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा टोलीविरुद्ध ७ विकेट लिएका थिए ।

न्युजिल्याण्डका केन विलियम्सन सक्रिय ब्याट्सम्यान हुन् जसले भारतविरुद्ध सर्वाधिक रन बनाएका छन् । उनले ३० एकदिवसीय खेलमा १ शतक सहित १२२८ रन बनाएका छन् । यस्तै, म्याट हेनरी २१ विकेट लिएर भारतविरुद्ध सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले पछिल्लो खेलमा पनि ५ विकेट लिएका थिए ।