५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको पुनरागमन जित, एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुललले पुनरागमन जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्प्टनलाई ३–१ गोलले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुल पहिलो हाफमा ०–१ गोलले पछि परेको थियो । पहिलो हाफको इन्जुरी समयमा साउथह्याम्प्टनले विल स्मालवोनको गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा लिभपुल खेलमा फर्कियो । ५१ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, ५१ औं र ८८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाए । सलाहले दुबै गोल पेनाल्टीमा गरेका हुन् ।

लिभरपुलको २९ खेलबाट ७० अंक छ । दोस्रो स्थानको आर्सनलको २७ खेलबाट ५४ अंक छ । पराजित साउथह्याम्प्टन ९ अंकसहित पुछारमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई उसकै घरेलु मैदानमा १–० गोलले हरायो ।

भिल्लाको जितमा एकमात्र निर्णायक गोल ओली वाट्कीन्सले गरे । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै भिल्ला २९ खेलबाट ४५ अंकका साथ तालिकाको सातौं स्थानमा छ । ब्रेन्टफोर्ड ३८ अंकका साथ १२ औं स्थानमा छ ।