४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको पुनरागमन जित, एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुललले पुनरागमन जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्प्टनलाई ३–१ गोलले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुल पहिलो हाफमा ०–१ गोलले पछि परेको थियो । पहिलो हाफको इन्जुरी समयमा साउथह्याम्प्टनले विल स्मालवोनको गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा लिभपुल खेलमा फर्कियो । ५१ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, ५१ औं र ८८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाए । सलाहले दुबै गोल पेनाल्टीमा गरेका हुन् ।

लिभरपुलको २९ खेलबाट ७० अंक छ । दोस्रो स्थानको आर्सनलको २७ खेलबाट ५४ अंक छ । पराजित साउथह्याम्प्टन ९ अंकसहित पुछारमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई उसकै घरेलु मैदानमा १–० गोलले हरायो ।

भिल्लाको जितमा एकमात्र निर्णायक गोल ओली वाट्कीन्सले गरे । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै भिल्ला २९ खेलबाट ४५ अंकका साथ तालिकाको सातौं स्थानमा छ । ब्रेन्टफोर्ड ३८ अंकका साथ १२ औं स्थानमा छ ।