२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बज्यो…



अ+ अ-

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा एक रमाइलो किस्सा भयो । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

बुधबार ‘भारत जोडो यात्रा’ कार्यक्रममा गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान बज्यो ।

गान्धीले बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै भारतको गीत बजाउन भने । भिडियोमा सबै जना राष्ट्रिय गान गाउन तयार देखिन्थे ।  तर दोस्रोपटक पनि फेरि नेपालकै राष्ट्रिय गीत बज्यो ।  ‘सयौं थुंगा फूलको हामी..’ बजिसकेपछि गीतलाई रोक्दै पुनः गान्धीले भारतको गीत ‘जनगणमन’ निर्देशन दिए । तेस्रो पटक बजाउदा बल्ल भारतको राष्ट्रिय गान बज्यो ।

भारतीय कांग्रेसलाई गाउँसँग जोडने भन्दै भारत जोडो यात्रामा निस्किएका गान्धीको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

महाराष्ट्रको वासिममा आयोजित उक्त कार्यक्रममा गान्धीले ३० मिनेटको भाषण पनि दिए ।