१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाई जलविद्युत आयोजना विकास तथा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबारदेखि थाइलेण्डको राजधानी बैंककमा संयुक्त राष्ट्र संघद्वारा आयोजित ४ दिने राष्ट्रिय कार्यशालाअन्तर्गत जलवायु परिवर्तन र एलडीसी ग्राजुएसनसम्बन्धी प्राविधिक सत्रमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न ग्रिन क्लाइमेट फण्डमार्फत जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहुलियतपूर्ण लगानी जुटाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

ढकालले नेपालको जलविद्युत उत्पादन बढाउदै अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी नेपालदेखि बंगलादेशसम्म जलविद्युत निर्यातको काम भइरहेको बताउदै यसलाई थप विस्तार गर्दै दक्षिण एशियाभर विस्तार गर्न सकिने बताउनुभयो ।

“हामीले अहिले नेपालको जलविद्युतलाई क्रसबोर्डर प्रसारण लाइन निर्माण गरी भारत र बंगलादेशसम्म निर्यात गरिरहेका छौं । ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँचलाई थप सहजीकरण गर्दै लगानी जुटाउन सकेमा यसलाई थप विकास र विस्तार गरी दक्षिण एशियामा समेत विस्तार गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

नविन प्रविधिको विकास तथा विस्तारमा निजी क्षेत्रको अहम् भूमिका रहने बताउदै ढकालले सहुलियत दरमा कोषबाट लगानी उपलब्ध गराउन सकेमा यसलाई सदुपयोग गर्दै जलवायु परिवर्तन समस्याको समाधान निकाल्न निजी क्षेत्र सक्षम रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइनको निर्माणबाट साना तथा मझौला व्यवसायले फाइदा लिन सक्ने बताउनुभयो ।

“अहिले साना तथा मझौला व्यवसायहरु जलवायु परिवर्तनको मारमा परेका छन् । यदि ग्रिन क्लाइमेट फण्डलाई सहुलियत रुपमा जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइन निर्माणमा प्रयोग गर्न सकेमा यसबाट जलवायु परिवर्तनको असर कम गर्दै ती साना तथा मझौला व्यवसायलाई पनि संरक्षण गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच पु¥याउन सकेमा जलविद्युत उत्पादन तथा प्रसारण लाइनमात्र नभई यसबाट आन्तरिक रुपमा विद्युतको प्रयोगबाट सञ्चालन गर्न सकिने केबलकार तथा अन्य वातावरणमैत्री उद्योग व्यवसायको सञ्चालन र विकास गर्न सहयोग पुग्ने अपेक्षा समेत गर्नुभयो ।

उहाँले जलवायु परिवर्तन विश्वको अहिलेको सबैभन्दा ठूलो चुनौती बन्दै गरेको अवस्थामा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न् संयुक्त राष्ट्र संघ, सरकार तथा अन्य गैर सरकारी संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।

कार्यशालामा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका सचिब केबलप्रसाद भण्डारीको नेतृत्वमा नेपाल सरकार, निजी क्षेत्र तथा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।