९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा

जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति कार्बन उत्सर्जनमा ठूलो योगदान रहेका देशहरूले दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद झाले नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि बाढी, पहिरो लगायत जलवायुजन्य विपद्को ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले अब नेपालले राहत माग्नेभन्दा पनि जलवायु न्याय र क्षतिपूर्तिको माग गर्नुपर्ने समय आएको बताउनुभयो । नेपालले समस्या सिर्जना नगरेको अवस्थामा त्यसको मूल्य नेपालले नै किन चुकाउनुपर्ने भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो ।

सांसद झाले नेपालले जलवायु संरक्षणका लागि वन क्षेत्र विस्तार, विद्युतीय सवारी साधनको प्रयोग तथा जलविद्युत् विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपालले कार्बन उत्सर्जन नबढाए पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर भने भोगिरहेको छ ।

उहाँले नेपालको कार्बन उत्सर्जन १ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै चीन, भारत र अमेरिकाजस्ता मुलुकको उत्सर्जनको हिस्सा तुलनात्मक रूपमा निकै ठूलो रहेको बताउनुभयो ।

‘यदि हामीले यो समस्या निम्त्याएका होइनौं भने यसको मूल्य हामी किन चुकाउँदै छौं ? हामी किन यसको भार बोक्दै छौं ?’ भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सांसद झाले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउन सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले राहतको याचना नभई कार्बन उत्सर्जनका लागि जिम्मेवार देशबाट क्षतिपूर्ति माग गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय फोरममा नेपालको जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउन पनि उहाँले आग्रह गर्नुभयो ।