९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष

सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहत कार्य सरकारको नेतृत्वमा सन्तोषजनक रूपमा अघि बढिरहेको निष्कर्ष निकालेको छ ।

बिहीवार बसेको पार्टीको सचिवालय बैठकले सरकारबाट भइरहेका कामको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भइरहेका खोज, उद्धार तथा राहतका काम सन्तोषजनक रहेको जानकारी दिनुभयो ।

बैठकमा सरकारमा रास्वपाको प्रतिनिधित्व गर्दै अर्थमन्त्रीसमेत रहनुभएका उपमहासचिव डा. स्वर्णिम वाग्लेले हालसम्म भएका प्रगति तथा सरकारले गरिरहेका कामबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

प्रवक्ता खरेलका अनुसार सरकारले हालसम्म ८ अर्ब रुपैयाँभन्दा बढी सहयोग संकलन गरिसकेको छ । संकलित रकममध्ये १ अर्ब रुपैयाँभन्दा बढी विपद् व्यवस्थापन प्राधिकरणलाई र ६ करोड रुपैयाँभन्दा बढी स्थानीय तहलाई उपलब्ध गराइसकिएको बैठकमा जानकारी दिइएको छ ।

बैठकमा सचिवालय सदस्यहरूले सरकारले हालसम्म गरेका कामको प्रशंसा गर्दै खोज, उद्धार तथा राहतका कामलाई अझ प्रभावकारी र तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रवक्ता खरेलले सरकारका तर्फबाट हालसम्म भएका काम सन्तोषजनक भए पनि आगामी दिनमा त्यसलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

रास्वपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउन तथा बाढी प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन सरकारलाई आग्रह गरेको छ ।