१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५४२ दशमलव ७७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३१ अङ्कले बढेर ४४९ दशमलव ५० मा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले बढेर १७४ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अङ्कले बढेर १५१ दशमलव ७३ मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर रु तीन अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ ।

आज १४५ कम्पनीको सेयर बढ्यो भने १२३ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर कम्पनी, आशा लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आज पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त कम्पनी रक सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।