९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति

राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
अ अ+ अ-

काठमाडाैँ  । राजर्षिजनक विश्वविद्यालयले शैक्षिक सत्र २०८३÷०८४ देखि स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्कोे बैठकको निर्णयअनुसार विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रममा छात्रवृत्ति व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका लागि विश्वविद्यालयले ‘राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।

राजर्षिजनक विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेका अनुसार स्वीकृत कार्यविधिअनुसार विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन हुने स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण शैक्षिक कार्यक्रममा भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।

विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले छात्रवृत्ति व्यवस्थासम्बन्धी निर्णय कार्यान्वयनका लागि विज्ञान प्रविधि तथा इन्जिनियरिङ संकाय, व्यवस्थापन संकाय, मानविकी तथा कानून संकाय र स्वास्थ्य विज्ञान संकायका डीन कार्यालयलाई पत्राचार गरेको छ ।

विश्वविद्यालयले छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन स्वीकृत कार्यविधिअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । विश्वविद्यालयले निर्णय कार्यान्वयनका लागि सम्बन्धित संकाय तथा निकायलाई आवश्यक कार्य अघि बढाउन आग्रह गरिएको छ ।