२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै

विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’

विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’
अ अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई संरक्षणदेखि आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्ने गरी ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ।

बाढी, पहिरोलगायत विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहतमा मात्र सीमित नराखी जीविकोपार्जन पुनर्स्थापना, सीप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन र बजारसँग जोड्ने उद्देश्यले कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।

कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिनेछ। प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

‘समुन्नति कार्यक्रम’अन्तर्गत जीविकोपार्जनका लागि नगद, बीउपूँजी तथा व्यवसाय पुनर्स्थापना सहायता, औजार तथा उपकरण सहयोग, सीप तथा रोजगारमूलक तालिम, रोजगारीमा आबद्धता, व्यवसाय तथा उद्यमशीलता विकास र उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था गरिनेछ।

त्यसैगरी व्यक्तिगत, जीविकोपार्जन तथा व्यावसायिक परामर्श प्रदान गर्नुका साथै विपद्पछि उत्पन्न हुन सक्ने संरक्षण जोखिम र लैङ्गिक हिंसा न्यूनीकरणमा समेत कार्यक्रम केन्द्रित हुनेछ। प्रभावितलाई आवश्यक स्वास्थ्य, मनोसामाजिक, कानुनी तथा सुरक्षा सेवासँग जोड्ने व्यवस्था पनि गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बालबालिका भएका विपद् प्रभावित परिवारलाई कार्यक्रममा विशेष प्राथमिकता दिइनेछ। परिवारमा रहेका बालबालिकाको संख्या, पारिवारिक अवस्था, आश्रित सदस्य तथा आर्थिक–सामाजिक जोखिमलाई आधार बनाएर जीविकोपार्जन र पुनर्स्थापना सहयोगमा आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउन सकिनेछ।

मन्त्रालयले ‘बालबालिका दीर्घकालीन स्याहार योजना’समेत कार्यान्वयनमा रहेको जनाएको छ।

‘समुन्नति कार्यक्रम’ राहत वितरणमा मात्र सीमित नभई विपद्बाट प्रभावित नागरिकलाई पुनः आयआर्जनमा फर्काउने र आत्मनिर्भर बनाउने उद्देश्यमा केन्द्रित रहेको मन्त्रालयको भनाइ छ। नगद तथा बीउपूँजीदेखि सीप, औजार, रोजगारी, उद्यमशीलता, व्यवसाय पुनर्स्थापना र बजार आबद्धतासम्मका माध्यमबाट प्रभावित नागरिकलाई आर्थिक रूपमा पुनः उभिने आधार तयार गरिनेछ।

कार्यक्रमको नीतिगत नेतृत्व मन्त्रालयले गर्नेछ भने संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम कार्यान्वयन गरिनेछ।

मन्त्रालयले विपद् प्रभावित नागरिकलाई राहत दिएर मात्र छोड्ने नभई उनीहरूलाई पुनः उभिने अवसर, आयआर्जनको आधार र आत्मनिर्भरताको बाटोमा जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएको छ।