१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने

गिनिज बुक, कोरोना र संसारमा सबै भन्दा बढी थुक्ने नेपाली ?

गिनिज बुक, कोरोना र संसारमा सबै भन्दा बढी थुक्ने नेपाली ?
अ अ+ अ-

अरुणा उप्रेती । कोरोना भाइरसका कारणले हात मिलाउनेहरू नमस्ते गर्न र ठेलमेल गरेर लाइनमा बस्नेहरू केही दूरी राख्न थालेका छन् ।

कोरोनाका कारण घरमा बस्न बाध्य भएकाहरू घरमै आफैंले पकाउन पनि बाध्य छन् । ‘पत्रु’ खानाको सट्टा स्वस्थकर खाना खान थालेका छन् । बालबालिकालाई पनि प्याकेटको सट्टा स्वस्थ खाना दिन्छन् । हात फोहोर भएको वास्ता नगर्नेहरू अहिले बारम्बार साबुन पानीले हात धुन थालेका छन् । अर्थात् हाम्रो धेरै बानी कोरोनाले परिवर्तन गरिदिएको छ । आशा गरौं, यस्तो स्वस्थकर बानी पछिसम्म पनि रहिरहला । कोरोना संक्रमित व्यक्ति धेरै नै बिरामी पर्छन् । कोरोना भाइरस लागेपछि मरिहालिन्छ भन्ने मान्छेमा त्रास छ । कोरोना संक्रमित भएर अस्पतालको भेन्टिलेटरमा बस्नुपर्छ कि रु मरी पो हालिन्छ कि भन्ने त्रासले नै यस्तो बानी विकसित भएछ ।

यस्तै परिवर्तन गर्नैपर्ने अर्को बानी हो– जथाभावी ख्याक्क गर्ने र थुक्ने । यस्तो लाग्छ, मानौं यो राष्ट्रिय चरित्र हो । ‘कोरोना’ को छलफलमा ‘खोक्दा’ रुमालले नाक, मुख छोप्नुपर्छ त भनियो तर कसैलाई पनि जथाभाबी थुक्नु, ख्याक्क र खुक्क गर्नु हुँदैन भनिएन । यो बानी असभ्य मात्र होइन, रोग सर्ने कारण पनि बन्न सक्छ । यो बानीका कारण कोरोना मात्र होइन, क्षयरोग पनि सर्न सक्छ । क्षयरोगले नेपालमा हरेक दिन २० जना मर्छन् । तर प्रायः मानिसहरूले यो तथ्यांकलाई खासै वास्ता गर्दैनन् ।

हामीमध्ये कतिले जथाभाबी थुक्नेलाई किन थुकेको भनेर सोध्ने साहस गर्छौं ? माइक्रो चालकलाई बाहिर नथुक भन्न सक्छौं र ? ४ वर्षअघि दसैंका बेला काठमाडौंबाट दोलखा जाँदाको ७ घण्टा (४२० मिनेट) समयमा बस चालकले झन्डै २०० पटक थुके । चालकले थुक्दा बाटोमा मोटरसाइकल चढेर गइरहेका कतिपय महिला र पुरुषको लुगामा थुक र खकार लागेको उनीहरूले थाहै पाएनन् । सायद अफिस वा घर पुगेपछि थाहा पाए कि । थाहा पाएपछि रिसाए होलान् तर गर्न पो के सकिन्थ्यो र ?

मानिसले जथाभाबी थुक्नु लज्जाको विषय हुनुपर्ने हो । सिंगापुरमा जाने नेपालीले त्यहाँको सडकमा ‘ख्याक्क’ थुक्दैन न त युरोप जाने विद्यार्थीले नै । तर नेपालमा त जसले जहाँ पनि थुकिरहन्छन् । मानौं यो ‘गिनिज बुक अफ वर्ल्ड’ मा लेखिन योग्य चरित्र हो । अरूको देशमा फोहोर गर्न डराउनेले नेपालमा किन फोहोर गर्ने होलान् ? यहाँको हावापानी नै फोहोर भएकाले वा देशमा क्रान्ति ल्याउँछु भनेर ठूलो स्वरले चिच्याउने नेताले कहिल्यै ‘सफाइ क्रान्ति’ का बारेमा नबोलेर पो हो कि ?