२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

नयॉ विचार, नयॉ मान्छे आउने वित्तिकै गणतन्त्रलाई पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ !

नयॉ विचार, नयॉ मान्छे आउने वित्तिकै गणतन्त्रलाई पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ !
अ अ+ अ-

काठमाडौं । लोकप्रिय एवम् चर्चित कलाकार दीपकराज गिरीले नयाँ विचार र नयाँ मान्छे आउने वित्तिकै नेपालको गणतन्त्रलाई पखाला चल्ने र प्रजातन्त्र नै खतरामा पर्ने गरेको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

कलाकार गिरीले आज सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै नेपालमा शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भन्यो भने त्यसलाई गणतन्त्र विरोधी र राजावादी भन्ने गरिएको बताएका छन् । राजनीतिक दलका शीर्ष नेताहरुको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा निराशा छाएको र पुराना राजाको मनोबल बढाएको उनको भनाइ छ । त्यसको जिम्मेवार नेताहरुकै शासन शैली भएको उनको टिप्पणी छ ।

कलाकार गिरीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

आज म लेख्दैछू ….
सर्वप्रथम म राजाबादीको तर्फबाट यॉहाहरूलाइ नमस्कार !!!

२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहॉ उल्लेख नगरौ! मेरो राजाबादी यात्रा ठोस रूपमा २०४६ पछि सुरू भएको हो !

मूलूकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो , कुन बिचार र दललाइ अंगालौ भनेर अध्यन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर “राजा”को पार्टी रोजियो, यस क्रममा गॉउ सचिब हूदै, नेबिसंघ काठमाण्डू जिल्ला सदस्य समेत भइयो, करिब एक दशक शेर बहादुर राजाकै पछि लागेपछि मेरो यात्रा राजनीति बाट कलाकारीता तर्फ मोडियो र सम्पूर्ण राजनीतिक क्रियाकलाप लाइ पूर्ण बिराम दिइयो !

कुनै पनि राजनीतिक गतिविधिमा लागिएन!

त्यसपछि २०६२ /६३ आयो , त्यतिबेला मूलकनै संकटमा परेको आभास भयो र प्रचन्ड राजाको क्रान्तिकारी तेज बाट प्रभाबित भइयो र उनि लगायतका नेताहरूको आव्हान लाइ साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिडियो पनि !!

त्यति बेला फेरी एकपल्ट राजाबादी भइयो!

त्यसपछि पालो आयो केपि राजाको,

उहॉको तार्किक शक्ति र शैलीको फ्यान परियो!

धेरै ठॉउमा उहॉको तारिफ गरियो ,

चुच्चे नक्साको सबालमा त उहॉको समर्थन गरेर

पटक पटक राजाबादी भइयो!

हाल कुनै पनि दल संगको सामिप्यता नरहे पनि आफ्नो मझयअचबतष्अ तजयगनजत लाइ कहिलै मर्न दिइएन! अब अस्तिको कुरा गरौ ….

आन्दोलनको ठिक एक दिन अघि एउटा कल आयो ,एउटा बौद्दिक भेला हूदैछ जस्ले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला भनियो!

त्यहॉ गएपछि आफ्नो स्वभाव बमोजिम सधै झै स्पष्ट रूपमा सकारात्मक बिचार राखियो ! हाल समस्या त रहेको तर देश प्रचार गरे जस्तो पनि नबिग्रिएको, बिचार पोखियो ,चिया खाइयो अनि आइयो !

भोली पल्ट बिहानै आफू फेरी एकपल्ट राजाबादी भैसकिएको आफूलाइ पत्तै भएन!

पछिल्लो समय बालेन आए, निर्बाचनमा उनलाइ पनि समर्थन नै गरियो !

पछि रबि आए! उनलाइ पनि समर्थन गरियो नै !

तर नयॉ बिचार, नयॉ मान्छे आउने बित्तिकै यहॉ गणतन्त्रलाइ पखाला चल्न थाल्छ , प्रजातन्त्र नै खतरामा पर्छ !

यहॉ शासन ब्यबस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र बिरोधी हुन्छ कि त राजाबादी हुन्छ ! तपाइहरूको अस्वस्थ प्रतिस्पर्धा ले नै हो जनतामा नैराश्यता आएको ! यहॉ पूराना राजाको मझबलम बढाको तपाइहरूकै शासन शैलीले हो !

अन्त्यमा तपाइहरूले नै राम्रो संग राजकाज चलाउनुस ! तपाइहरू लाइ नै राजा मानिरहेकै छू र मानिरहन पॉउ र सधै राजाबादी भैरहन पॉउ!!

शुभदिन !!