१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ
अ अ+ अ-

काठमाडौं । भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने आरोपमा एक भारतीय महिलासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङको बेँसीसहर नगरपालिका–२ का २७ वर्षीय बिक्रम गुरुङ र भारत पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेल रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका अनुसार भारतको सिलिगुडीबाट काठमाडौं उपत्यकामा खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्ने समूहबारे आपराधिक गतिविधिको विश्लेषण गर्ने क्रममा प्रहरी टोलीले असोज १३ गते चन्द्रागिरी नगरपालिका–७ सतुङ्गलबाट गुरुङलाई पक्राउ गरेको थियो। उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ७ लाख रुपैयाँ नगद बरामद भएको थियो।

गुरुङमाथि थप अनुसन्धान गर्ने क्रममा भारतको पश्चिम बंगालबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर बिक्री वितरणमा संलग्न रहेको आरोपमा भुजेललाई समेत असोज १४ गते चन्द्रागिरी नगरपालिका–१२ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। उनको साथबाट १८२ ग्राम खैरो हेरोइन बरामद भएको थियो।

प्रहरीका अनुसार दुवै जनाको साथबाट कुल २१० ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, ७ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद भएको छ।

ब्यूरोका अनुसार पक्राउ परेका गुरुङ यसअघि पनि लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। उनी २०८१ माघ २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परी जगन्नाथ देवल कारागारमा थुनामा रहेका थिए। जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको रेकर्डबाट खुलेको ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।